बंशगोपाल माविको भेला सम्पन्न, ५ वर्षे कार्ययोजना सार्वजनिक

स्वर्णिम खबर
८ बैशाख २०८०, शुक्रबार १६:४१

८ वैशाख, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको बंशगोपाल माध्यमिक विद्यालयको १७ औं अभिभावक भेला शुक्रवार सम्पन्न भएको छ ।
भेलालाई सम्वोधन गर्दै बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बंशगोपाल मावि मकवानपुरको पूर्वी क्षेत्रको शैक्षिक धरोहर रहेको बताउनुभयो । मन्त्री मोक्तानले प्राविधिक शिक्षा र ब्यवसायिक शिक्षामा मन्त्रालयले काम गर्ने आश्वासन दिनुभयो । भेलामा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष श्याम प्रसाद श्रेष्ठले विद्यालयको ५ वर्षे कार्ययोजना सार्वजनिक गर्दै विद्यालयलाई ५ वर्ष भित्र सुविधा सम्पन्न विद्यालय बनाउने र प्राविधिक, ब्यवसायिक र रोजगारमुलक शिक्षामा जोड दिने बताउनुभयो । विद्यालयका प्राचार्य रमेश प्रसाद लामिछानेले विद्यालयको शैक्षिक, आर्थिक तथा भौतिक प्रतिवेदन पेश गर्नुभएको थियो । अभिभावक भेलामा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, शिक्षा विकास समन्वय ईकाइ मकवानपुरका प्रमुख दिनानाथ गौतम, भूमि आयोग मकवानपुरका सदस्य अर्जुन प्रसाद चौलागाई, नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, नेपाल पत्रकार महासंघ, मकवानपुर शाखा अध्यक्ष मणीराज गौतम, लगायतको सहभागिता रहेको थियो ।
भेलामा कक्षा १ देखि कक्षागतरुपमा प्रथम, द्धितीय र तृतिय हुने विद्यार्थीहरुलाई कपी, कलम र विषयगत पुस्तक प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*