५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुग्यो

स्वर्णिम खबर
४ बैशाख २०८०, सोमबार १८:०४

४ वैशाख, काठमाडौँ । नयाँ शैक्षिक सत्र शुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको छ ।
गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको छ । सोमवार पाठ्यपुस्तक बिक्रीवितरण र छपाईको विषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनक शिक्षा सामग्री केन्द्रमा अनुगमन गरेको छ । अनुगमन पश्चात् जनक शिक्षा सामग्री केन्द्रका प्रवन्धक अनिलकुमार झाले नयाँ शैक्षिकसत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउने गरी काम भइरहेको बताउनु भयो । उहाँले अहिलेसम्म ५९ जिल्लाका प्रत्येक विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको दाबी गर्नुभयो । उहाँले जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० कक्षासम्मका १ करोड ५० लाख पाठ्यपुस्तकहरु छपाईको काम सम्पन्न गरी बिक्रीवितरण गरिहेको जानकारी दिनुभयो । उहाँले गत चैत २४ गतेदेखि देशभर पाठ्यपुस्तक बिक्रीवितरण शुरु गरेको र हालसम्म ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पु¥याइ विद्यार्थीहरुलाई विवतरण गरेको बताउनु भयो । सामग्री केन्द्रका अनुसार अझै १८ जिल्लाका विद्यालयहरुमा पुस्तक पुग्न बाँकी रहेको छ । बिक्रीवितरण हुन बाँकी जिल्लाहरुका केन्द्रिय कार्यालय तथा प्रादेशिक कार्यालयहरुबाट पाठ्यपुस्तक बिक्रीविरण कार्य भइरहेको छ । नयाँ शैक्षिक सत्र २०८० वैशाख १५ गतेभित्र सबै जिल्लाहरुमा पाठ्यपुस्तक पु¥याउने गरी काम गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*