स्थानीय तहले उपलब्धिमूलक काम गर्न सकेनः सांसद सिंह

स्वर्णिम खबर
२९ चैत्र २०७९, बुधबार १७:४६

२९ चैत्र, हेटौँडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नंबर १ का सांसद दिपकबहादुर सिंहले स्थानीय तहले उपलब्धिमूलक काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले स्थानीय तहले जनतालाई करको भार बोकाउनु र कार्यकर्ता भर्ती गराउनु बाहेक कुनै काम नगरेको बताउनुभयो । उहाँले पर्सा राष्ट्रिय निकुञ्जले मकवानवपुरका लालपूर्जा बिहिनलाई नापि रोक्न भनेको प्रति सरकारको ध्यानाकर्षण पनि गराउनुभयो । ७० वर्षदेखि बस्दै आएका यहाँका भूमिहिनलाई नापि गरेर लालपूर्जा दिन सरकारसँग सिंहले आग्रह गर्नुभयो ।
उहाँले लालपूर्जा नभएकै कारण ऋण लिएर काम गर्न नसकेको भन्दै वर्षौदेखि बसोबास गर्दै आएकाहरु लालपूर्जा दिनुपर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*