चुरेहिलको फार्मेसीमा म्याद सकिएको औषधी फेला

स्वर्णिम खबर
१६ चैत्र २०७९, बिहीबार १८:४९

१६ चैत्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिका ११ मा रहेको चुरेहिल अस्पतालको फार्मेसीमा म्याद सकिएको औषधि फेला परेको छ ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वको अनुगमनका क्रममा फार्मेसीमा ५ वर्षदेखिको म्याद सकिएको औषधि फेला परेको हो । अस्पतालको फार्मेसी अनुमति बिना संचालन गरिएको छ । यस्तै, अनुगमन टोली आउने जानकारी पाएपछि अस्पतालले क्षमता भन्दा बढी बेड लुकाएको फेला अवस्थामा परेको छ । २५ शैयाको अस्पतालले आफ्नो क्षमता भन्दा बढी बेड राखेर संचालन गरिरहेको थियो । स्टोर कक्षमा लुकाइएको अवस्थामा बेड भेटिएको हो । पछिल्लो समय जिल्ला प्रशासन कार्यालय मकवानपुरले निजि स्वास्थ्य संस्थामा अनुगमन गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*