मकवानपुरमा गाँजासहित ३ जना पक्राउ

स्वर्णिम खबर
९ चैत्र २०७९, बिहीबार १७:३२

९ चैत्र, हेटौँडा । मकवानपुर प्रहरीले दुई छुटाछुट्टै स्थानबाट लागूऔषध नाईट्रोभेट र गाँजासहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
हेटौंडा १५ स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पथलैयाबाट हेटौंडा आउँदै गरेको प्रदेश २–०३–०२० प ६८६२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुई जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा रौतहट राजपुर नगरपालिका वडा नम्बर ६ बस्ने १९ वर्षका उमैश मंसुरी र सोही स्थान बस्ने वर्ष २० का मो तहमिद रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो । उनीहरुको साथबाट प्रहरीले १८ ट्याब्लेट नाईट्रोभेट र २० ग्राम गाँजा बरामद गरेको हो ।
यस्तै थाहा नगरपालिका–८ चौतरामा लागूऔषध गाँजासहित १ जना पक्राउ परेका छन् भने एक जना फरार भएको छ । पक्राउ पर्नेमा सोहि स्थान का ५७ वर्षीय लाल बहादुर घलान रहेको र सोही स्थानका ५३ वर्षीय शेरबहादुर घलान फरार रहेको प्रहरीले जानकारी दिएको छ । लागुऔषधी विक्रि वितरण गर्ने गरेको विशेष सुचनाको आधारमा खानतलासी गर्दा लाल बहादुर घरबाट ४५ किलो र शेर बहादुर घरबाट ६३ किलो गरी १०८ किलो धुलो लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । लागूऔषध गाँजा सहित लाल बहादुरलाई नियन्त्रण्मा लिएको र शेर बहादुरको खोजि कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।
यसैबीच मकवानपुर प्रहरीले लागुऔषध मुद्दामा फरार प्रतिवादीलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–१३ स्थित लुङ्बा टोलको ३१ वर्षीय साजन थिङ रहेको मकवानपुरका प्रहरी प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*