क्यान इन्फोटेक (सूचना प्रविधि) मेला सोमबार सम्पन्न

स्वर्णिम खबर
६ चैत्र २०७९, सोमबार २१:२८

६ चैत्र, हेटौँडा । क्यान महासंघ मकवानपुरको आयोजनामा हेटौंडामा चैत्र २ गतेदेखि भएको क्यान इन्फोटेक (सूचना प्रविधि) मेला सोमबार सकिएको छ ।
बागमती प्रदेश युवा परिषद्को कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको प्रमुख आतिथ्यतामा मेला सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष चौलागाईले जीवनशैलीलाई प्रबिधिमैत्री बनाउन स्थानीय तहमा पनि यस्ता प्रदर्शनी गरिनुपर्ने बताउनुभयो । समाजले सुचना प्रबिधिमा झुकाव राख्ने युवाहरुलाई प्रोत्साहन नगरेको भन्दै प्रोत्साहनका कार्यक्रम गर्न प्रदेश युवा परिषद्ले समन्वय गर्ने उहाँको भनाइ छ ।


समापन कार्यक्रममा यसअघि आयोजित अनलाइन पब्जी गेमिङ तथा रोबोटिक सकर र रोबोटिक युद्ध खेल प्रतियोगिताका बिजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । अनलाइ पब्जी गेमिङ प्रतियोगितामा प्रथम हुने जबलेस समुहले २५ हजार रुपैया नगद सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै द्धितिय हुने एसवाइबिजी समूहले दोस्रो हुदै १५ हजार र तृतिय हुने रिभेन्ज ब्याक समुहले १० हजार नगदसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।


यस्तै रोबोटिक सकर (फुटबल) प्रतियोगितामा तथा रोबोटिक युद्ध प्रतियोगितामा दुवैमा प्रथम हुने द गड फादर समुहले ५० हजार नगदसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको थियो । यस्तै रोबोटिक सकरमा दोस्रो भएको रोबो बिस्ट समुह तथा रोबोटिक युद्धमा दोस्रो हुने डिस्ट्रक्टर दुवैले १५–१५ हजार नगद सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै रोबोटिक सकरमा तेस्रो हुने टिम ओरिजन र रोबोटिक युद्धमा तेस्रो हुने टिम एस्ट्रो नोभाले १०–१० हजार नगद सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।


क्यान महासंघ नेपालका केन्द्रिय सचिव भुपाल दास श्रेष्ठको बिशेष आतिथ्यतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल अग्रवाल, क्यान महासंघ मकवानपुरका पुर्व अध्यक्ष श्यामकल श्रेष्ठ, तासिर इङिगलस सेकन्डरी स्कुलका प्रिन्सीपल बिनोद शर्मा थपलिया लगायतले सुचना प्रबिधि प्रदर्शनीको महत्वबारे प्रकाश पार्नुएको थियो । प्रर्दशनीमा बिद्यालयको नवीनतम सिर्जना, शिक्षा तथा सुचना प्रबिधि व्यवसायीहरु गरि ३१ वटा स्टलहरु रहेका थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*