मकवानपुरका सबै क्याम्पसको मत परिणाम सार्वजनिक

स्वर्णिम खबर
६ चैत्र २०७९, सोमबार १३:००

६ चैत्र, हेटौँडा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको मकवानपुरका सबै क्याम्पसको मत परिणाम आएको छ ।
जसअनुसार मकवानपुरका ५ वटा क्याम्पसमा एमाले निकट अनेरास्ववियूले जित निकालेको छ भने अखिल क्रान्तिकारीले २ वटा क्याम्पसमा नेतत्व लिँदा नेवि संघले भने एउटा मात्र क्याम्पसमा नेतृत्व लिन सकेको छ ।
हेटौंडा ६ मा रहेको बंश गोपाल बहुमुखी क्याम्पस, हटियाको जनप्रिय बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस, मनहरी बहुमुखी क्याम्पस र हेटौंडा क्याम्पसमा अनेरास्ववियूले जित निकालेको हो । जनप्रियमा अध्यक्षमा मुना गोल, निर्मल बहुमुखी क्याम्पसमा सरोज अर्याल, वंशगोपालमा दिवस सिल्वाल, मनहरीमा कुमार घिसिङ र हेटौंडा क्याम्पसमा अभि मैनाली विजयी भएका छन् ।
त्यस्तै, मकवानपुरका २ वटा क्याम्पसमा अखिल क्रान्तिकारीले नेतृत्व लिएको छ । मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका छोइसाङ लामा निर्वाचित भएका छन् । थाहा नगरपालिकाको पालुङ बहुमुखी क्याम्पसमा भने सबै राजनीतिक दलका विद्यार्थी संगठनबीच सहमतिमा अखिल (क्रान्तिकारी) का पुष्कर श्रेष्ठको नेतृत्वमा सबै पदाधिकारी र सदस्यहरू सर्वसम्मत चयन गरिएको थियो ।
यता नेपाली काँग्रेस निकट नेविसंघले वन विज्ञान अध्ययन संस्थानमा जित निकालेको छ । वन विज्ञान अध्ययन संस्थान फरेस्टीमा नेवि संघका दिपेन्द्र कंडेल विजयी हुनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*