मकवानपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका लामा बिजयी
६ चैत्र, हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा अखिल क्रान्तिकारीका छोइसाङ लामा विजयी भएका छन् ।
लमा ८ सय १३ मत प्राप्त गर्दै सहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका नवराज शर्माले ६ सय ८२ मत प्राप्त गरे । यसैगरी स्ववियु सचिवमा क्रान्तिकारीका वर्षाद घिमिरे, कोषाध्यक्षमा अनेरास्ववियुको हिमानी कुमारी सुवेदी निर्वाचित भएका छन् ।दसदस्यहरुमा अनेरास्ववियुबाट प्रसिद्ध रेग्मी, प्रशन श्रेष्ठ, कुशल पराजुली, दिपेश कार्की र झरना थिङ निर्वाचित भएका छन् भने क्रान्तिकारीबाट नारायण पुडासैनी, सुजन सिलवाल, राहुल डिम्डुङ निर्वाचित भएका छन् ।