मकवानपुरमा स्ववियु चुनावः ५ वटा क्याम्पसको नतिजा सार्वजनिक

स्वर्णिम खबर
५ चैत्र २०७९, आईतवार २२:१५

५ चैत्र, हेटौंडा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मकवानपुरमा हालसम्म ५ वट क्याम्पसको नतिजा आएको छ ।
५ वटै क्याम्पसमा एमाले, समाजवादी तथा विप्लव नेतृत्वको गठवन्धनको उम्मेदवार बिजयी भएका छन् । हेटौंडा–६ स्थित वंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा अनेरास्ववियूका दिवस सिल्वालको प्यानल विजयी भएको छ । सिल्वाल १८ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी राप्रपा निकट राप्रविसंकी मनिका गौतमले ९ मत प्राप्त गरिन् ।

यस्तै निर्मल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको तर्फबाट सरोज अर्यालको प्यानलनै बिजयी भएका छन् । उनले १ सय ३२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी जयबहादुर रोक्काले ५१ मत मात्र प्राप्त गरे ।


यस्तै जनप्रिय बहुमुखी क्याम्पसमा विप्लव नेतृत्वको अनेरास्ववियु क्रान्तिकारीले जित हाँसिल गरेको छ । एमाले, नेकपा समाजवादी तथा विप्लवको गठवन्धनबाट उम्मेद्वार बनेकी अनेरास्ववियु क्रान्तिकारी मुना गोले २७ मत ल्याउँदै सभापतिमा विजयी भएकी हुन् ।


यसैगरी मकवानपुरको मनहरी गाउँपालिकास्थित मनहरी बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा स्ववियु अध्यक्षमा कुमार घिसिङ विजयी भएका छन् । २९ मतसहित घिसिङ विजयी हुँदा अर्का आकांक्षी नेपाल विद्यार्थी संघका किशोर लम्सालले २७ मत प्राप्त गरे ।
यस्तै हेटौंडा क्याम्पसमा अनेरास्ववियुका अभि मैनालीको प्यानलनै बिजयी भएको छ । अध्यक्षमा विजयी मैनालीले २ सय ९० मत पाउँदा पराजित उम्मेदवार राजिव फुयाँलले १ सय ८५ मत पाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*