क्यान इन्फोटेक २०२३ः तेसो दिन कृषि डिजिटिलाइजेसन बारे सेमिनार कार्यक्रम सम्पन्न

स्वर्णिम खबर
४ चैत्र २०७९, शनिबार १७:४२

४ चैत्र, हेटौंडा । हेटौंडामा जारी बागमती प्रदेश स्तरीय आइकन सफ्ट क्यान इन्फोटेक २०२३ इन एशोसिएसन विथ एम बैंकको तेसो दिन कृषि डिजिटिलाइजेसनबारे सेमिनार कार्यक्रम सम्पन्न भएको छ ।
बकैया गाँउपालिकाका अध्यक्ष धर्म लामिछानेको प्रमुख आतिथ्यता तथा कम्प्युटर एसोसिएसन महासंघका केन्द्रिय सचिव भुपाल दास श्रेष्ठको बिशेष आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन गर्दै गाँउपालिका अध्यक्ष लामिछानेले कृषि क्षेत्रको बिकासका लागि अहिले रहेको सरकारी निति तथा प्रणाली नै परिवर्तन गर्नुपर्ने बताउनुएको छ । सबै तहका सरकारले बिदेसिएका युवाहरुलाई कृषि क्षेत्रमा आकर्षण बढाउने कार्यक्रम तय गर्नुपर्ने उहाँको भनाइ छ ।
प्रभावकारी कृषि सम्बन्धि एप्स अर्थात सफ्टवेयर प्रयोग गरि कृषक र उपभोक्ता बिचमा रहने बिचौलियाको अन्त्य गर्न सकिने र तत्काल प्राबिधिक उपलब्ध नहँुदा पनि त्यस्ता मोबाइल एप्समार्फत कृषक आफैले विभिन्न समस्याहरु समाधान गर्न सकिने हुँदा यस्तो प्रशिक्षण महत्वपुर्ण रहेको कार्यक्रममा सहभागि हुनुभएका बागमती गाँउपालिकाका सहकारी शाखाका कर्मचारी नगेन्द्र महतोले बताउनुभयो ।
सेमिनारमा कृषि बिश्व बिद्यालयका प्रशिक्षकद्धय अतित लम्साल र आशिष दाहालले कृषिमा डिजिटिलाइजेसन कसरी गर्ने भन्ने बिषयमा प्रशिक्षण दिनुभएको थियो । कम्प्युटर एशोसिएसन मकवानपुरका अध्यक्ष शिव कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका स्थानीय तहका कृषि शाखाका कर्मचारी, कृषि तथा दुग्ध सहकारी संस्थाका प्रतिनिधी सहित कृषि बिषय अध्ययनरत बिद्यार्थीहरु गरि करिब एक सय जनाको सहभागिता रहेको थियो । आइतबार इन्फोटेकमा स्थानीय तहका आइटी शाखा लगायतका कर्मचारी लक्ष्यित सिसिटिभि तथा नेटवर्किङ सम्बन्धि तालिम कार्यक्रम हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*