साइबर सुरक्षा सम्बन्धी सेमिनार सम्पन्न

स्वर्णिम खबर
४ चैत्र २०७९, शनिबार १०:५८

४ चैत्र, हेटौंडा । हेटौंडामा जारी बागमती प्रदेश स्तरीय आइकन सफ्ट क्यान इन्फोटेक २०२३ इन एशोसिएसन विथ एम बैंकको दोस्रो दिन शुक्रबार साइबर सुरक्षा सम्बन्धी सेमिनार सम्पन्न भएको छ ।
कम्प्युटर एसोसिएसन मकवानपुरका अध्यक्ष शिव कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका स्थानीय तहका कर्मचारी, सहकारी संस्थाका आइटी शाखाका कर्मचारी सहित बिद्यालयका कम्प्युटर शिक्षक लगायतका ९० जनाको सहभागिता रहेको थियो । बिशेषगरि सहकारी, स्थानीय प्रशासन तथा बिद्यालयमा प्रयोग हुने सुचना प्रबिधिको सुरक्षित प्रयोगबारे जानकार हुनु जरुरी भएकोले इन्फोटेकमा यो सेमिनार आयोजना गरिएको कार्यक्रम संयोजक सम्प्रस पौडेलले बताउनुभयो । सेमिनारमा नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक मिनप्रसाद अर्याल, एमबैंकका सञ्जय महासेठ तथा प्रबिन कुण्डलियालले साइबर सुरक्षाका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।


यस्तै इन्फोटेकको दोस्रो दिन रोबोटिक प्रतियोगितात्मक प्रर्दशनी पनि शुरु भएको छ । शुक्रबार यसको उद्घाटनपश्चात हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ र हेटौंडा १४ नं का वडा अध्यक्ष दिपक खड्का बीच रोबोट फुटबल प्रतियोगिता सञ्चालन भएको थियो । यस्तै अवलोकनकर्ता बिद्यार्थीहरुलाइ समेत रोबोट चलाउन प्रोत्साहन दिदाँ कार्यक्रमको रौनक समेत बढेको थियो । शुक्रबार नै शुरु भएको पब्जी टुर्नामेन्ट अनलाइन गेमिङ प्रतियोगितामा ५ वटा टिम बिजयी भएका छन् । टिम एमटिएफ्, टिम डिटिएम, टिम एस वाइ बि जी, टिम फो लिस्ट र टिम बोस बिजयी भइ दोस्रो चरणमा प्रवेब गरेका हुन् । जम्मा १६ वटा टिमहरुबिच हुने प्रतिष्पर्धामा बाँकी टिमहरुको खेल शनिबार हुनेछ । रोबोटिक तथा पब्जी अनलाइन गेमिङ प्रतियोगिताका बिजयी टिमले प्रथमले २५ हजार , द्धितिय हुनेले १५ हजार र तृतिय हुनेले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*