भूमि अधिकार मन्च नगर अध्यक्षमा न्यौपाने

स्वर्णिम खबर
२७ फाल्गुन २०७९, शनिबार १८:१६

२७ फागुन, हेटौँडा । राष्ट्रिय भूमि अधिकार मन्च नगर अध्यक्षमा गोविन्दप्रसाद न्यौपाने चयन हुनुभएको छ ।
हेटौंडामा भएको प्रथम नगर अधिवेशनले नगर अध्यक्ष पदमा न्यौपानेलाइ सर्वसहमत चयन गरेको हो । यसैगरि उपाध्यक्षमा टिकाप्रसाद भट्टराई, सचिवमा ज्ञानबहादुर थिङ, सहसचिवमा रुकमणी तिमल्सिना, कोषाध्यक्षमा अनुपा घलान लाइ चयन गरिएको छ । यसैगरि सदस्यहरुमा जमुना राई, कृष्ण बल, सोमबहादुर थोकर र दुर्गादेवि न्यौपाने पौडेल चयन भएका छन् । मन्चका जिल्ला सदस्य बिष्णु आचार्यको सभाध्यक्षतामा भएको अधिवेशनमा हेटौंडा ११ की वडा सदस्य गोपिनी साप्कोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मन्चका जिल्ला अध्यक्ष यज्ञबहादुर श्रेष्ठ , जिल्ला सदस्य देवकृष्ण थोकर , टोल विकास संस्था वडा समन्वय समितिका हेटौंडा ११ अध्यक्ष यज्ञबहादुर आचार्य लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*