हेटौंडा आइडलको उपाधि दिपेश श्रेष्ठलाई

स्वर्णिम खबर
२३ माघ २०७९, सोमबार १७:५१

२३ माघ, हेटौँडा । १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगिताको उपाधि दिपेश श्रेष्ठले जितेका छन् ।
फाइनलमा पुगेका पाँच जना प्रतिस्पर्धीलाई उछिन्दै दीपेशले उपाधि हात पारेका छन् । आइतबार भएको ग्राण्ड फाइनलमा आफ्नो गायन प्रस्तुती दिदैं उनले हेटौंडा आइडलको उपाधि प्राप्त गरेका हुन् । उपाधिसंगै दीपेशले नगद ३० हजार, ट्रफी सहित विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन् । आइडलको फष्ट रन रफ सुसन शाही ठकुरी भएका छन् भने सेकेन्ड रन रफ प्रेमलाल बैठा भएका छन् । प्रतियोगितामा अनिता मोक्तानले चौथो स्थान र सुस्मिता श्रेष्ठ पाँचौ स्थान हासिल गरेका छन् । हेटौंडा आइडलको प्रायोजकमा हेटौंडामा रहेको लक्की ज्वेलर्स रहेको हेटौंडा आइडल व्यवस्थापन समितिका संयोजक अंकिता सुमार्गीले बताउनुभयो । आइडल बनेका श्रेष्ठलाई बोन ट्राभल्स एण्ड टुर्सको तर्फबाट माउन्टेन फ्लाइटको सुविधा स्वरुप पुरस्कार दिइएको छ । आइडलको निर्णायकमा विजय कार्की, ईश्वर खड्का र कृष्ण गोपाल सिंह रहेका थिए । आइडलमा २० जना प्रतिस्पर्धीले प्रतिपर्धा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*