हेटौंडा आइडलको फाइनलमा पाँच जना प्रवेश, राजेश दर्नाल बाहिरिए
२२ माघ, हेटौँडा । १० औं राष्ट्रिय औद्योगिकव्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगितामा पाँच जना प्रतिस्पर्धी ग्राण्ड फाइनलमा प्रवेश गरेका छन् ।
शनिबार ६ जना प्रतिस्पर्धीले आफ्नो गायन प्रस्तुत गरेकोमा आइतबार राजेश दर्नालले आइडलको मञ्च छाडेका छन् । निर्णायकको मुल्याकंन, टिकट र एस.एम.एस.बाट प्राप्त भएको भोटिङको आधारमा राजेश मञ्चबाट बाहिरिएका हुन् । आइतबार ग्राण्ड फाइनलमा अनिता मोक्तान , प्रेमलाल बैठा,सुस्मिता श्रेष्ठ , दीपेश श्रेष्ठ र सुसन शाही ठकुरीले आफ्नो प्रस्तुती दिएका छन् । उनीहरुलाई भोटिङ गर्न समय खुला भइसकेको हेटौंडा आइडल व्यवस्थापन समितिका संयोजक अंकिता सुमार्गीले जानकारी दिनुभयो ।













