महोत्सवमा शनिबार दर्शकको अत्याधिक घुइँचो, निशान र प्रतापले हेटौंडेली दर्शकलाई नचाए

स्वर्णिम खबर
२१ माघ २०७९, शनिबार २०:०१

२१ माघ, हेटौंडा । हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा शनिबार दर्शकको अत्याधिक घुइँचो भएको छ ।
अन्यदिन भन्दा शनिबार दर्शकहरुको अत्याधिक चाप बढेको हो । धेरै नै दर्शकको चाप बढेकाले आउनजान सहजहोस् भनी आयोजकले करिब २ घण्टा टिकट विक्रीमा रोक लगाएको थियो । शनिबार करिब ३० हजार भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन् । महोत्सवको ११ औं दिन शनिबार करिब ७० लाख बराबरको कारोबार भएको अनुमान आयोजकको रहेको छ ।
शनिबार युवा पुस्तामा चर्चित रहेका गायक निशान भट्टराई, प्रताप दासले आफ्नो सांगीतिक प्रस्तुती दिदैं हेटौंडेली दर्शकलाई नचाएका थिए । त्यस्तै, बालगायक जेनिश उप्रेतीले पनि आफ्नो प्रस्तुती दिएका थिए । आइतबार गायिका शान्तिश्री परियार र गायक सुजील कर्माचार्यको प्रस्तुती रहने महोत्सवका कलाकार मनोञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले बताउनुभयो । महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
यसैबीच हेटौंडा आइडल गायन प्रतियोगितामा शनिबार दुई प्रतिस्पर्धी बाहिरिएका छन् ।  शुक्रबार भएको गायन प्रतिस्पर्धा पछि भएको निर्णायकको मुल्याकंन, टिकटबाट भोटिङ र एसएमएसबाट भएको भोटिङको आधारमा दुई प्रतिस्पर्धीले शनिबार हेटौंडा आइडलको मञ्च छाडेका हुन् । शनिबार मञ्च छाड्नेमा विजय लामा र आवाज सुनार रहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*