युनानको मैत्रीपार्क हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण

स्वर्णिम खबर
१५ पुष २०७९, शुक्रबार १८:४०

१५ पुस, हेटौँडा । चीनको युनान प्रदेशले भगिनी सम्बन्ध स्थापित गर्न निर्माण गरेको मैत्री पार्क हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–८ मा निर्माण गरेको मैत्री पार्क युनान कर्मरसिलय रिप्रीजेन्टिभ कार्यालयका नेपाल प्रमुख याङ चिन पिंmगले हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामालाई हस्तान्तरण गरेका हुन् । युनान प्रदेशको नेपाल कार्यालयले बागमती प्रदेश सरकारसँग भगिनी सम्बन्ध स्थापित गरेसँगै कार्यालयले प्रदेशको राजधानी रहेको हेटौंडासँग सम्बन्ध स्थापित गर्दै पार्क निर्माण गरेको हो । हेटौंडा उपमहानगरपालिकाको समन्वयमा हेटौंडाका बिभिन्न ठाउँमा देखाएको जमिन मध्ये कार्यालयले हेटौंडा औंद्योगिक क्षेत्रको जमिनमा पार्क निर्माणमा रुची देखाएको थियो । करिब २ महिना लगाएर निर्माण गरेको पार्कमा दैनिक व्यायामका लागि आवश्यक सामाग्रीहरु रहेको छ । पार्कमा खेल समयका क्रममा थकान महशुुस भएमा बस्ने ठाउँको व्यवस्था सहित सुन्दर ग्रिनरीको व्यवस्था रहेको छ । पार्क हस्तान्तरणमा हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामाले छिमेकी राष्ट्रको युनान प्रदेश र हेटौंडा बीचको सम्बन्धलाई दिगो राख्न यस्ता कामले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । पार्क हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ९ का वडा अध्यक्ष सुकराम केसी, हेटौंडा उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शिवराज चौलागाई, नेपाल–चीन कार्यकारी परिषदका महासचिव राजेन्द्र नकर्मी लगाएतको उपस्थिती रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*