जूत्ता–चप्पल ब्यबासायी संघ मकवानपुरद्धारा बिद्यार्थीहरुलाई न्यानो कपडा तथा जुत्ता मोजा वितरण

आरती ढकाल
१२ पुष २०७९, मंगलवार १८:४१

चिसोको कारण कुनै पनि बालबालिकाहरु बिरामी नहुन भन्दै जूत्ता–चप्पल ब्यबासायी संघ मकवानपुरले बिद्यार्थीहरुलाई न्यानो कपडा तथा जुत्ता मोजा वितरण गरेको छ । आफ्नोे स्थापना दिवस पारेर संघले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । हेटौडा ६ सल्लाघारीमा रहेको बालजागृती युवाबर्ष माध्यमिक विद्यालयमा अध्यनरत शिशु कक्षाका बिद्यार्थीहरुलाई न्यानो कपडा तथा जुत्ता–मोजा बितरण गरिएको संघका महासचिव केदारनाथ दूलालले बताउनुभयो । कार्यक्रममा संघ का अध्यक्ष श्री रामहरी तिमल्सिना , बरिस्ठ उपाध्यक्ष दिनेश सिंह, महासचिव केदारनाथ दुलाल, सचिब प्रलाद खनाल, कोषाध्याक्ष राजु लम्साल र कार्य–समितिका सल्लाहकार तथा सदस्यहरु को उपस्थिती रहेको थियो । त्यसै गरि बाल जागृती युवा वर्ष मा बि का ब्यवस्थापन समितिका अध्यक्ष कुमार तिमल्सिना पधानाध्यापक सम्झना अधिकारी, सहायक प्रध्यानाध्यापक शिव कुमार दुलाल लगायत विद्यालयका शिक्षक तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*