रोयल पार्टी प्यालेसमा आगलागी, २० लाख बराबरको क्षति

स्वर्णिम खबर
१४ जेष्ठ २०८३, बिहीबार १८:४२

१४ जेठ, हेटौँडा । हेटौंडा उपमहानगरपालिका–४ भुटनदेवी मोडस्थित रोयल पार्टी प्यालेसमा आगलागी हुँदा करिब रु २० लाख बराबरको क्षति भएको छ ।
शेरबहादुर पहरीले सञ्चालन गरेको पार्टी प्यालेसको सभा हलको स्टेजमा करेन्ट सर्ट भई दिउँसो करिब साढे १२ बजे आगलागी भएको हो । आगलागी भएको खबर प्राप्त हुनासाथ बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट दुई जना तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा पाँच जनाको टोली घटनास्थल पुगेको थियो ।
स्थानीयवासी र हेटौंडा उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो पौने १ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगलागीबाट सभा हलको स्टेजमा रहेको जिप्सन, एक थान बत्ती, इलेक्ट्रोनिक तार, जस्ता तथा स्टेजका बोर्डलगायतका सामग्री जलेर नष्ट भएका छन् । घटनामा कुनै मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*