विद्यार्थी, शिक्षक र अभिभावक सम्मानित

स्वर्णिम खबर
१० जेष्ठ २०८३, आईतवार १९:२२

१० जेठ, हेटौँडा । हेटौडा १६ मा अवस्थित जनप्रिय माध्यमिक विद्यालयले शिक्षक, विद्यार्थी र अभिभावकलाई सम्मान गरेको छ ।
एसईई २०८२ मा सफल विद्यार्थीहरू, उनीहरूका अभिभावक र शिक्षकलाई सम्मान गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन प्रसाद बस्ताकोटीको सभाध्यक्षतामा आयोजित कार्यक्रममा १६ नम्बर वडा कार्यालयका वडाध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्य रहेको थियो ।
३.२ वा सो भन्दा माथि जिपिएमाथिका विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान तथा ग्रेडेड सम्पुर्णमा प्रमाणपत्र सहित फ्रेम खादा दिएर सम्मान गरिएको कार्यक्रमका विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चौलागाईंले बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि तथा शिक्षा विकास महाशाखा हेटौडाका अधिकृत रमेश बिडारीले सामुदायिक विद्यालयका रूपमा जनप्रिय माविले अन्य विद्यालयहरूलाई समेत चुनौती दिइरहेको बताउनुभयो । उहाँले विद्यालय समयमैँ विद्यार्थीहरूलाई तयारी गराउँदै क्लोज क्याम्प राख्नुपर्ने अवस्था अन्त्य गर्नेगरी योजना बनाउन आग्रह गर्नुभयो ।
प्रमुख अतिथि रामकृष्ण कोइरालाले आसपासका विद्यार्थी संख्या न्यून रहेका अन्य विद्यालयहरू समेत मर्ज गरी यस विद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउनका लागि लागिपरेको सो अनुसार नतिजा समेत उत्कृष्ट हुँदै गएको बताउनुभयो ।
पूर्व अध्यक्ष रमेश प्रसाद खतिवडा, अभिभावक तथा विद्यार्थीहरूले विद्यालयको बारेमा बोल्नुभएको थियो । कक्षा १० मा ग्रेडेड समृद्दि गौतमको अभिभावकले बालबच्चालाई अध्यापनका अलावा जस्तोसुकै ठूलो समूहमा पनि बोल्ने र लेख्ने कलासमेत विद्यालयले सिकाइदिएको बताउँदै कक्षा ११ मा आफ्नी छोरी भर्ना गर्ने प्रतिबद्धता सहित धन्यवाद ज्ञापन गर्नुभयो ।
यस्तै अभिभावक केशव सुवेदीले संस्थागत विद्यालयकै सरह सुविधा प्रदान गरी अध्ययन अध्यापन गराइएकोले आफ्ना दुबै सन्तान यसै विद्यालयमा अध्ययन गराएको बताउनुभयो ।
प्रअ भुपेन्द्र चौलागाईंले शत प्रतिशत नतिजा हासिल गर्नेतर्फ सिङ्गो टिम योजनासहित लागिरहेको बताउँदै मिडिया कक्ष, गणित लगायत विषयगत प्रयोगशाला निर्माण गरी व्यावहारिकता मार्फत् सिकाइ भइरहेको र नलेज पार्क निर्माण अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो ।
साथै बिषयगत रुपमा उत्कृष्ट नतिजा ल्याउने शिक्षकहरु तथा बिध्यार्थिहरुलाई समेत शिक्षक बर्गले नगद सहित सम्मान गरिएको छ । औसत जिपियका आधारमा सामुदायिक बिद्यालय तर्फ जिल्ला प्रथम भएकोमा सम्पुर्ण बिद्यालय परिवारको सामुहिक प्रयासको खुलेरै प्रसंशा समेत गर्नु हुदै आगामी दिनमा थप राम्रो गर्न बिद्यालय परिवार लाग्ने समेत जानकारी गराउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*