सुकुम्बासी बस्ती पुगेर हर्क साम्पाङले भनेः म तपाईहरुको साथमा छु
२६ वैशाख, हेटौँडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको पक्षमा आफु रहेको बताउनुभएको छ ।
शनिबार हेटौंडा ११ थानाभ¥याङ स्थित सुकुम्बासी बस्तीमा पुग्नु भएका उहाँले सरकार सुकुम्बासीको पक्ष नरहे पनि आफु र आफ्नो पार्टी सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको पक्षमा सदैव रहेको जिकिर गर्नुभयो । संविधानले नै सबै नागरिकलाई बास बस्न पाउने मौलिक अधिकार दिएको उल्लेख गर्नुहुँदै अध्यक्ष राईले राज्यले आतंक सिर्जना गरेर नागरिकहरुको घर भत्काउन नमिल्ने बताउनुभयो ।
जनतालाई बेघर बनाउन सरकारको निरङकुश कदम विरुद्ध मेची देखि महाकाली सम्म जनता एकजुट हुनुपर्ने उहाँको भनाई छ । अध्यक्ष राईले जनतालाई बेघर बनाउन नहुने एजेण्डा संसद्को पहिलो बैठकमै प्रस्तुत गरेको बताउनुभयो । सरकारले गरेका कामहरुको मुल्याङकन गरी खराब कामको सवालमा खबरदारी गर्दै आइरहेको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष राईले नेपाली जनताको बाच्न पाउने अधिकारलाई सुनिश्चित्त गर्न सदनदेखि सडकसम्म आवाज उठाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
अध्यक्ष राईलाई नेपाल बसोबास संरक्षण समाज मकवानपुरका अध्यक्ष कमलचन्द्र सुमनले सुकुम्बासीको समस्याबारे जानकारी गराउनुभएको थियो । नापी कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा २८ हजार भन्दा बढीकुल सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेका छन् ।












