महान्यायधिवक्ता कार्यालयलाई ओलीको प्रश्नः ठगिएको पैसा कसले तिर्छ ?

स्वर्णिम खबर
२ माघ २०८२, बिहीबार १८:२७

१ माघ, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिएर महान्यायाधिवक्ता कार्यालय इतिहासम्मका लागि कलंकित बनेको टिप्पणी गर्नुभएको छ ।
काठमाडौंमा बिहीवार आयोजित ४२ औँ पिस्कर शहीद स्मृति दिवसको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले अहिले विश्वभर जस्तै शासन नेपालमा पनि चलिरहेको भन्दै थिति र विधिको शासन देशमा नभएको बताउनु भयो । उहाँले अहिले मुलुकमा सुशासन र स्थिति नभएको भन्दै कसैलाई ठगेपनि मुद्दा फेर्ने वा आममाफी पाइने भन्दै व्यंगात्मक टिप्पणी गर्नुभयो । उहाँले मुद्दा फिर्ता लिएर ठगिएको पैसा महान्यायाधिवक्ताको कार्यालयले तिर्छ ? भन्दै प्रश्न गर्नुभयो ।
उहाँले जेन–जी विद्रोहका क्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुरमाथि भौतिक आक्रमण हुँदा पार्टीकै नेताहरु उक्त घृणित कार्यको समर्थनमा उत्रिएको टिप्पणी पनि गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*