जिरी नगरपालिकाको हरेक पाइलामा फरक अनुभूति गर्न पाइन्छः मेयर जिरेल
जिरी भ्रमण वर्ष २०२५ को सन्दर्भमा जिरी नगरपालिकाका मेयर मित्र जिरेल संग स्वर्णिम खबर संवाददाताले गरेको कुराकानीः
यहाँलाई स्वागत छ स्वर्णिम खबरमा
हजुर धन्यवाद
स्वर्णिम संवाददाताः जिरी नगरपालिका अब विशेष गरेर स्विजरल्याण्डको जुरित सहरको भूगोल सँग मिल्दो जुल्दो छ भनिन्छ । जुरिसर र जुन हाम्रो यो जिरी नगरपालिका को सुन्दरताको कुरा छ हैन यसलाई चाहिँ स्विजरल्याण्डको यो सहरसँग जोडिने गरि यहाँहरुले डेभलपमेन्टमा के के गर्नु भाको छ ?
मेयर जिरेलः निसन्देह जिरी जुन बजार छ त्यो एरिया जिरीको जुन भूगोल छ । त्यो स्विजरल्याण्डको को जुडिसिटी सँग मिल्दो जुल्दो छ भन्ने कुरा हामीले बुझेका छौ । यो हामीले मात्र होइन तपाईको एउटा स्विस भूगर्भविद टोनी हेगन जतिखेर जिरी भ्रमण गर्नुभयो । त्यो जिरी भ्रमण गर्ने सन्दर्भमा उहाँले स्विजरल्याण्डको जुरिस सहरसँग चाहिँ जिरीको भूगोल मिल्छ भन्ने कुरा उहाँले लेख्नु भएको छ । त्यही भएर स्विसका थुप्रै प्रोजेक्टहरु जिरीमा संचालन भए । वन, शिक्षा,खानेपानीका अरु पूर्वाधारका पशुपालनका थुप्रै प्रोजेक्टहरु त्यहाँ सुरु भए । र त्यसपछाडी हामीले त्यो स्विसको जिरीमा गरेको योगदानको मुल्यांकन गर्दै उच्च सम्मान गर्दै हामीले एउटा टोनी हेगन पार्क भन्ने बनाएका छौ । त्यहाँ टोनी हेगन पार्क बनाएका छौ । स्विसहरुले सुरुवात गरेको पशु विकास फार्म चिज फ्याक्ट्री एयरपोर्ट विद्यालय भवनहरु अस्पतालहरु यी कुराहरुलाई हामीले निरन्तरता दिने काम गरिरहेका छौ र स्विसँगको सम्बन्धलाई अझ नजिकबाट जोड्नु पर्छ भन्ने ढंगले टोनी हेगन जन्मिएको जुन सहर छ त्यो सहर र हाम्रो जिरी सहरको बिचमा एउटा भगिनी सम्बन्ध स्थापना गर्ने ढंगले चाहिँ हामी अगाडी बढिरहेका छौ ।
स्वर्णिम संवाददाताः अहिले यहाँहरुले चाहिँ पर्यटन वर्ष भनेर जिरी घुम्ने जिरी घुम्नका लागि यहाँहरुले सबैलाई निमन्त्रणा गरिरहनु भएको छ । अहिले जिरी घुम्न आउने पर्यटकले के के सुविधा प्राप्त गछन ?
मेयर जिरेलः जिरी एउटा हिमाली नगरपालिका हो । थोरै जनसंख्या भूगोल ठुलो भएको नगरपालिका मान्छेहरु अहिले खास गरिकन युवा शक्ति चाहिँ पलायन भैरहेको रोजगारको सिलसिलामा अध्ययन अध्यापनको सिलसिलामा विदेश जाने अथवा सहर केन्द्रित हुने त्यो एउटा ट्रेन्ड चाहिँ हामीमाझ देखा परिसके पछाडी त्यहाँको व्यापार व्यवसाय त्यहाँको कृषि उत्पादनमा अलिकति समस्या पैदा भयो । त्यो समस्या पैदा भइसके पछाडि हामीले हाम्रा जनशक्तिहरुलाई आफ्नै नगर नगरपालिका भित्र रोक्नु पर्छ त्यहीँ केहि गरेर खान सकिन्छ भन्ने कुराको सन्देश दिनका लागि र जिरी एउटा आफैमा ब्राणड हो । त्यो जिरीलाई थप विश्व दुनियाँको सामु चिनाउनको लागि र अरु थप आन्तरिक र बाह्यटकहरुलाई जिरीमा भित्र्याएर अहिले सुस्ताउदै गएको जुन जिरीको अर्थतन्त्र छ त्यसलाई सशक्त बनाउन सबलीकरण गर्नका लागि हामीले गत साल जिरी महोत्सव आयोजना गर्यौ। यो वर्ष हामीले सन् २०२५ लाई जिरी भ्रमण वर्षको रुपमा घोषणा गरेका छौ र यो घोषणा गर्दै गर्दा खेरि हामीले लगभग ५० हजार कमसेकम ५० हजार पर्यटकहरु चाहिँ जिरीमा भित्र्याउने हाम्रो लक्ष्य रहेको छ ।
स्वर्णिम संवाददाताः तपाईले जुन खालको योजना बनाउनु भएको छ एउटा नगर प्रमुखको हिसाबले जिरीका होटल व्यवसायीले तपाईको योजनालाई सपोर्ट गर्ने गरि भनम न यो चाहिँ एउटा हस्पिटालिटी बिजनेस पनि हो भनेर उहाँहरुले चाहिँ त्यो खालको तयारी गर्नु भएको छ कि छैन कस्तो देख्नुहुन्छ ?
मेयर जिरेलः हामीले जीव भ्रमण वर्षको घोषणा गरिसके पछाडि त्यहाँको उद्योग वाणिज्य संघ त्यहाँको नागरिक समाज त्यहाँको होटल व्यवसायी संघ त्यहाका चाहिँनि यातायात व्यवसायहरु उहाहरु सबैसँग हामीले चाहिँ नि एउटा विभिन्न चरणमा बैठकहरु संचालन गरेका छौ। र यी सन्दर्भमा जस्तै जिरका कतिपय पर्यटकीय गन्तव्यहरुमा जानका लागि त्यहाँका गाडी व्यवसायहरु हैन यातायात व्यवसायहरुलाई निश्चित भाडा तोक्ने , यहाँबाट यहाँ गएको को यति भाडा भनेर त्यो भन्दा बढी लिन नपाउने भन्ने ढंगले एउटा नम्स बनाएका छौ । त्यसैगरी होटल व्यवसायीहरुसँग हामीले समन्वय गरेर प्याकेजमा हाम्रा जिरी भित्रिने पाहुनाहरुलाई प्याकेजमा तपाईहरुले सेवा दिनुपर्छ र एउटा अतिथि सत्कारको नमुना प्रदर्शन गर्नुपर्छ भनेर हामीले उहाहरुलाई भनेका छौ र त्यो ढंगले उहाँहरुको पाहुनाहरुको खान बस्न त्यसपछाडी त्यो चाहिँ ब्रेकफास्ट भनौ न खाजा यी सबैको प्याकेट हामीले निर्माण गरेका छौ । त्यसमा भेज खानेको कति त्यसपछि चिकेन खानको कति त्यसपछि लोकल कुखुरा र मटनको कति भनेर त्यो ढंगले हामीले प्याकेज निर्माण गरेका छौ ।
स्वर्णिम संवाददाताः भनेपछि जिरी पुग्ने यो सिजनमा जिरी पुग्ने पर्यटकहरु होटल व्यवसायीहरुबाट ठगिदैनन् भन्ने कुराको चाहिँ तपाईहरुले व्यवस्थापन मिलाउनु भाको छ ?
मेयर जिरेलः एकदमै हामीले उहाहरुकै सहमतिमा माइनेट गरेका छौ । होटल व्यवसायहरुको सबै होटल व्यवसायहरुसँग बसेर माइनेट गरेका छौ । त्यो माइन्नेटलाई उहाँहरुले तोड्नुभयो भने त त्यो उहाँहरूको कुरा भयो तर नगरपालिकाको इनिसिएसनमा उहाँहरूलाई बोलाएर हामीले त्यो माइनेट गरिसके पछाडि त्यो माइनेटको कुरालाई चाहिँ उहाँले मान्नुपर्छ भन्ने हाम्रो मान्यता हो । मलाई लाग्छ जिरीका होटल व्यवसायीहरुले पाहुनाहरुलाई त्यही ढंगले व्यवहार गर्नुहुन्छ ।
स्वर्णिम संवाददाताः यहाँहरुले चाहिँ अलिकति भनम न जस्तो हिमालको काखमा रहेको छ जिरी हेर्दा खेरि प्राकृतिक रुपमा जति सुन्दर छ वास्तवमा हेर्ने हो भने त्यसलाई धेरै सिंगार पटार गर्न जरुरी छैन जस्तो लाग्छ मलाई पनि जिरी पुग्ने मान्छेले त्यहाँ जुन खालको अनुभूति गर्छन त्यहाँ पुग्दा खेरि त्यो आफैमा एउटा अलौकिक छ । तर पनि त्यहाँको अलिकति सांस्कृतिक पक्षहरु होलान् हैन जस्तो त्यो सास्कृतिक पक्षहरुको अध्ययन गर्न चाहनेहरुले चाहिँ के अवसर पाउछन् त ?
मेयर जिरेलः यो पोइट ठिक कुरा गर्नु हो । जिरीलाई वास्तवमा नेपालको भूस्वर्ग भनेर पनि भन्छौ हामी त्यो हाम्रो दावा हो । जिरी नगरपालिकामा हरेक पाइला तपाई चाल्नु हुन्छ फरक अनुभूति तपाईले गर्न पाउनु हुनुहुन्छ । जैविक विविधताका हिसाबले, सांस्कृतिक विविधताका हिसाबले, त्यहाँको हावापानीको हिसाबले हरेक ढंगले तपाईले नयाँ अनुभूति गर्न पाउनुहुन्छ । तपाईलाई एउटा कुरा भनौ म एउटा जिरेल समुदायको मान्छे जिरी जिरेलहरुको उद्दगम थलो हो । जिरी जिरेलहरुको थाकथलो हो त्यो अहिले त कतिपय जिल्लाहरुमा अन्यत्र पनि अब माइग्रेट भएर जिरलहरुको बस्ती बस्या छ तर उद्गम चै जिरी हो । त्यसो भएको हुनाले जिरेल जातिहरुको सास्कृतिक परम्परा मान्यता विश्वास यी सबै कुराहरुको बारेमा पनि अध्ययन गर्ने हो भने जिरी एउटा उपयुक्त ठाउँ हुन सक्छ । संगसंगै त्यहाँ कस्तो छ भने शेर्पा तामाङ सुनुवार नेवार जिरेलहरु अत्यन्तै राम्ररी मिलेर बसेको नगरपालिका हो े। त्यसो भएर यी सबै जातजातिको एउटा संगम स्थल पनि जिरी नगरपालिका भएको हुनाले उहाँहरुको एउटा यो अभौतिक सास्कृतिक सम्पदा भनौ न हैन त्यहाँका जातजातिहरुको तपाईको चाहिँ एउटा मान्यता विश्वास त्यहाँको परम्परा चाल चालचलन त्यसको अभिलेखीकरण गर्नका लागि पनि त्यो उपयुक्त गन्तव्य हुन सक्छ भन्ने हाम्रो दावा छ ।
स्वर्णिम संवाददाताः सोलु सगरमाथा घुम्न जानेहरुका लागि पनि एउटा जिरी हुदै पैदल मार्गको बाटोबाट जान सक्ने जुन खालको एउटा प्रबन्ध छ त्यसले चाहिँ जिरीको पर्यटनलाई कतिको सपोर्ट गरेको जस्तो लाग्छ यहाँलाई ?
मेयर जिरेलः हिजोसम्म हामी के भन्थ्यौ भने जिरी चाहिँ सगरमाथाको प्रवेशद्वार हो भनेर भन्थ्यौ हैन सबैले दुनियाले चिनेको जिरी सगरमाथाको प्रवेशद््वार हो भनेर भन्थ्यौ । जतिखेर जिरीबाट यातायात उता गएको थिएन । अब अहिले चाहिँ के भ त तपाईको भने यातायात सडक विस्तार उता पनि भयो । त्यसपछाडी त्यतिखेर जतिखेर जिरीमा त्यो सोलु देखिको मान्छे सोलु, ओखलढुंगा, रामेछापको उत्तरी बेल्ड सबैको एउटा व्यापारिक केन्द्र चाहिँ जिरी थियो । त्यतिखेर यातायात उता सडक गएको थिएन अर्को कुरा प्लेनहरु जो चाहिँ तपाईको विदेशी हाम्रा पाहुनाहरु हुन्थे हैन, खास गरिकन एभरेस्ट आरोहण गर्न जाने मान्छेहरु सगरमाथा आरोहण गर्न जाने मान्छेहरु त्यहीबाट हिडेर जान्थे । अब अहिले चाहिँ अब तपाईको अब थुप्रै निजि एरोप्लेनहरु निजी एयरलाइन्सहरु पनि भए प्लेनबाट जाने भयो विभिन्न रुटबाट पनि उदयपुरबाट रामेछपबाट ओखलडुंगाबाट पनि सगरमाथा जाने त्यो रुटहरु खुलेको हुनाले अहिले अलिकति समस्या भइरहेको छ । तर हामी के भन्छौ त भन्दाखेरि सरकारले राज्यले यो हिमाली राजमार्गको रुपमा विकास ग¥र्यौ उता ताप्लेजुङको पाथिभरा क्षेत्रबाट यता जोडिदै सोलु हुदै जिरी हुदै माथि माथि एउटा हिमाली क्षेत्रमा राजमार्ग खुल्यो भने जिरीलाई फेरी एकचोटी गुल्जार बनाउन सकिन्छ । जिरीलाई रिब्रान्डिङ गर्न सकिन्छ भन्ने कुरामा चाहिँ हामी ढुक्क छौ ।
स्वर्णिम संवाददाताः तपाई यो स्थानीय तहको निर्वाचनमा आफु निर्वाचित भएर आइसकेपछि पछाडी तपाईले विकासको प्राथमिकतालाई चाहिँ कसरी प्राथमिकीकरण गर्नुभएको छ ?
मेयर जिरेलः हामीले के भनेका छौ भने समृद्ध जिरीको आधार कृषि पर्यटन र पूर्वाधार भनेका छौ । त्यसैको जकमा टेकेर हामीले जिरीलाई चाहिँ नि क्लिन जिरी ग्रीन जिरी र अर्गनिक जिरी बनाउने हाम्रो अभियान छ। त्यसमा हामी केहि कामहरु अगाडी बढाइसकेका छौ । जस्तै क्लिन जिरी भनेपछि सफा सुगर मात्र होइन तपाईको त्यो सडक सफा बजार सफा मात्र होइन मान्छेको मन मस्तिस्क पनि सफा हुनुपर्छ भन्ने ढंगले हामीले त्यो ढंगले कामहरु गरिरहेका छौ । अर्को ग्रीनजिरी भनेको तपाईको वन जंगल मात्र ग्रीन होइन । अहिले मैले अघि पनि भने खेत बारीहरु बाझो बसेका छन् पाखा भित्ताहरु बाझो बसेका छन् । ति खेतबालीहरु खेतबारीहरु जहाँ कृषि योग्य भूमि छन् त्यहाँ अन्न फलाएर हरियाली बनाउनु पर्छ ग्रीन बनाउनु पर्छ भनेर हामी लागे छौ । अर्गानिक जिरीको हकमा चाहिँ जिरी अहिले पनि तपाईको रासायनिक मल रासायनिक विषदी प्रयोग कम गर्ने नगरपालिका भित्र पर्छ र त्यसलाई अहिले बिग्रिन नदिकन हामी अर्गानिक जिरी बनाउने भनेर त्यो अभियानमा लागेका छौ । अहिले बाग्मती प्रदेश सरकार सँग हामीले एउटा एग्रिमेन्ट गरिसकेका छौ । मल कारखाना प्राङारिक मल कारखाना जिरीमा खोल्ने भनेर हामीले भनेका छौ । एनसाफ नेपालसँग हामीले विभिन्न चरणमा चाहिँ काम गरिरहेका छौ । विभिन्न समुह बनाएर हामीले अर्गानिक उत्पादनलाई कसरी बढावा दिने भन्ने ढंग ढंगले हामीले काम गरिरहेका छौ र मलाई विश्वास छ जिरी केही वर्ष पछाडी यो पूर्ण अर्गानिक नगरपालिकाको रुपमा हामी विकास गर्न सक्छौ ।
स्वर्णिम संवाददाताः भनेपछि यहाँहरुको अभियान कृषि पर्यटन र पूर्वाधार हो प्राथमिकीकरणमा पनि यसरी नै राख्नु भएको छ हो ? यहाँले अघिनै भन्नुभयो तपाईको जम्मा जनसंख्या १६ हजार को हाराहारीमा छ । अब हामीले प्रविधि भित्र्याएनौ भने तपाईले देखेको सपना कृषि क्षेत्रमा हामीले गर्न सकिने विकास सम्भव होला ?
मेयर जिरेलः अब यस्तो छ तपाईको जिरी नगरपालिका भूगोलको हिसाबले ठुलो छ । २१११ वर्ग किलोमिटर भनेको सानो भूगोल होइन । त्यो मध्ये वनजंगलको क्षेत्र बढी छ । त्यहाँ चाहिँ तपाईको अलि तल्लो बेल्टमा हुने खेती बाली केहि पनि हुदैन । त्यहाँ हाम्रो खास उत्पादन भनेको के हो त भन्दा आलु र किब आलु करोडौ रुपैयाको उत्पादन हुन्छ । किबी त्यही ढंगले अहिले खेती बिस्तार भैरहेको छ आलु र किबीलाई हामीले मुख्य कृषि उत्पादनको रुपमा त्यहाँ लिएका छौ र त्यसलाई हामीले के गर्छौ त भन्दा खेरि यान्त्रिकीकरणको कुरा गर्नुभयो आधुनिकीकरणका कुरा गर्नुभयो तपाईले हैन अब पहाडको जग्गा सानो सानो पाटो हुन्छ धेरै अब ठुला ठुलो ट्रयाक्टरहरु जोत्ने कुरा पनि भएन हामीले हाते ट्रयाक्टरहरु हरेक वडामा वितरण गरिरहेका छौ । अहिले काम गर्ने मान्छे छैन मान्छेले अब गोरु हलो जोत्नको लागि गोरु पाल्न छोडे । अब त्यसो भएको हुनाले हामीले हाते ट्रयाक्टरहरु वितरण गरिरहेका छौ । त्यसले थोरै चाहिँ मान्छेलाई अलिकति काम गर्नलाई सजिलो भएको छ । किबी र आलुलाई लगायत कृषि उत्पादनलाई बिग्रन नदिन कोल स्टोर हामीले निर्माण गरेका छौ । किसानले अफसिजनमा आफ्ना उत्पादनहरुलाई बजारमा निकाल्न सक्यो भने थप मूल्य अभिवृद्धि हुन्छ भन्ने ढंगले त्यो ढंगले हामीले काम गरिरहेका छौं । सँसँगै प्रसोधनका कुराहरु जस्तै किबिको जुस निकाल्ने कुराहरु भो त्यसपछाडि आलुको चिप्सहरु बनाउने अरु परिकारहरु बनाउने त्यो ढंगले पनि हामीले काम गरिरहेका छौ । संसगै वनस्रोतको हिसाबले पनि हाम्रो जिरी अत्यन्तै धनी नगरपालिका हो । त्यसो भएको हुनाँले वन स्रोतलाई पनि खास गरिकन गैरकास्ट वन पैदावारहरुलाई उद्योगको रुपमा संचालन गर्ने नेपाली कागजका कुराहरु भो अल्लोका चाहिँ कपडाहरु बुन्ने कपडाहरु सिउने , त्यो ढंगले पनि हामीले कामलाई अलिकति अगाडी बढाइरहेका छौ ।
स्वर्णिम संवाददाताः अहिले जस्तो लालीगुरासले स्वागत गर्छ जिरी पुग्न अगाडी पर्यटकलाई बाटोमै हैन बैतेश्वर गाउँपालिका देखि नै लगभग विभिन्न खालका प्रजातिका लालीगुरास देख्न सकिन्छ त्यो लालीगुरासको संरक्षणमा यहाहरुको ध्यान के छ ?
मेयर जिरेलः अब एउटा कुरा त म तपाईलाई के भन्छु भने वनजंगल भन्ने बित्तिकै त्यो पुर्न नवीकरणीय उर्जा हो त्यो हैन त्यो रिन्युवेवल नेचुरल रिसोर्स भन्छ त्यसलाई लाई हैन त्यो आफै उत्पादन हुने चिज हो । तर त्यसलाई चाहिँ हामीले नोक्सानी चाहिँ गर्न दिनु हुँदैन । गुराँसहरु काटिनु हुँदैन भनेर हामीले सचेतनामलक कार्यक्रम गरिरहेका छौ । त्यो सँसँगै जिरी बजार भन्दा लगभग सात आठ किलोमिटर माथि जहाँ झपक्कै गुरास फुल्छ तपाइको बन नै एकदम गुरासमय हुन्छ । त्यो ठाउँलाई हामीले गुरास पार्कको रुपमा विकास गरेका छौ । त्यसलाई चाहिँ इजी एक्सेसका लागि रोडहरु पुर्याउने त्यहाँ थप संरचनाहरु बनाउने यो रिचार्ज पोखरीहरु हरु बनाउने हैन यी सबै कुराहरु हामी गरिरहेका छौ र त्यहाँ पुगिसके पछाडि त्यो गुरास पार्कमा पुगिसके पछाडि मान्छे थुप्रै माननियज्यूहरु पनि जानुभएको छ त्यहाँ उहाँहरु जानुभाछ नाच्नु भाछ रमाउनु भाछ एकदमै खुशी मनाउनु भएको छ । त्यहाँबाट फर्किनलाई मान्छेलाई नफर्किन पाए हुन्थ्यो भन्ने खालको मनोमोहक दृश्यहरु त्यहाँ तपाईले देख्नु हुन्छ ।
स्वर्णिम संवाददाताः जिरी पुग्नेहरुका लागि गुरास पार्क एक एउटा उत्तम पर्यटकीय स्थल गन्तव्य स्थल हो । अरु के के छन् जिरीमा ?
मेयर जिरेलः हैन थुप्रै मैले अघि पनि भने तपाईलाई हरेक पाइलामा त्यहाँ तपाईले नयाँपन भेट्टाउनु हुन्छ । हरेक वडामा हामीले एक वटा पार्कहरु बनाए छौ । जस्तै एक नम्बरमा स्टोन पार्क जहाँ चाहिँ ढुंगाको ढुङै ढुंगा छ त्यो ढुंगालाई हामीले डेकोरेसन गरेर एउटा पार्क निर्माण गरेका छौ । दुई नम्बरमा ठुलो ढुंगा छ , अनि त्यसपछि यो दक्षिण एसियाको एकदम टलेस्ट गुरु पद्मसम्भवको स्ट्याचु बन्दै छ । लगभग पाच छ अरबको प्रोजेक्ट हो त्यो । त्यसले नेपालको मात्रै बुद्धिस्टहरु होइन विश्वकै बुद्धिस्टहरुलाई त्यो कम्प्लिट भैसके पछाडी जिरीमा आकर्षण बढ्छ भन्ने हामीलाई लाग्या छ । त्यसपछि चेर्दुङ छ, क्याङसे पोखरी छ, कुथामे पिकनिक पार्क छ, टोनी हेगन पार्क छ, तेन्जिङ हिलारी पार्क छ । मिनि पोखरी हामीले बनाइरहेका छौ । यी थुप्रै कुराहरु छन् । ऐतिहासिक रामायण कालमा लक्ष्मणलाई बाण लाग्दा खेरिे हनुमानले संजीवनी बुटी ल्याएको त्योे डाडा हामीसँग छ त्यो ऐतिहासिक महत्वको त्यो डाडा हामीसँग छ त्यहाँ हामीले के योजना बनाइरहेका छौ भने ठुलो एउटा हनुमानको मुर्ति बनाउने त्यस पछाडी हाम्रो भारत हाम्रो छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्री मोदी अथवा बिहारका मुख्यमन्त्री नीतिश कुमार सम्मलाई पनि ल्याएर त्यो उद्घाटन गर्न सकियो भने इन्डियनहरुको त्यहाँ आगमन हुन्छ भन्ने हामीलाई लाग्या छ । त्यो संगसंगै खास गरिकन तराईका मान्छेहरु जो गर्मीले आत्तिरहेका हुन्छन् । ति मान्छेहरुलाई सितल ताप्नको लागि अहिले तपाई ज्याकेट लगाउनु पर्ने हुन्छ जिरीमा अहिले पनि सिरक ओडेर तपाई सुत्न पाउनुहुन्छ । त्यो ढंगको चाहिँ वातावरण छ । अत्यन्तै सुन्दर ठाउँ छ । जहाँ जानुहुन्छ तपाईलाई त्यहाँ मन लोभ्याउछ । त्यसो भएको हुनाले हामीले जिरीलाई नेपालको भूस्वर्ग हो भनेर हामीले भनिरहेका छौ ।
धन्यवाद ।
















