१० हजार भन्दा बढी युवाहरूलाई दक्ष जनशक्तिको रुपमा स्थापित गरेका छौँः कार्यकारी उपाध्यक्ष चौलागाई
प्रदेश युवा परिषद बागमतीले बैशाख २८ गतेदेखि ३० गतेसम्म बागमती प्रदेश युवासम्मेलन २०८२ आयोजना गर्दैछ ।
२०८० देखि लगातार प्रदेश युवा सम्मेलन आयोजना गर्दै आएको परिषदले लगातार तेस्रो श्रृङ्खलाका रुपमा युवा सम्मेलनको तयारी गरिरहेको छ । प्रदेशभरबाट गुुगल फर्म भरेर छानीएका तीनसय ५० जना युवा सम्मेलनमा प्रत्यक्ष सहभागी हुनेछन् । परिषदले आफ्नो वेभसाईट, राष्ट्रिय टेलिभिजन र सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरुबाट लाखौं युवाहरुलाई कार्यक्रममा सहभागी गराउने तयारी गरिरहेको छ । यसै सन्दर्भमा रहेर प्रदेश युवा परिषद बागमतीका उपाध्यक्ष सन्तोष चौलागाईसंग गरिएको संक्षिप्त कुराकानी ।
१) बाग्मती प्रदेश युवा परिषदले युवा सम्मेलनको अबधारणा कसरी अघि बढायो ?
युवाहरु अध्ययन, रोजगारी र सीपका लागि संसारभर अवसरको खोजीमा लाग्न थालेका छन् । यसरी देशविदेशमा अवसरको खोजी गर्दै हिडीरहेका युवाहरुलाई सरकारसंग अन्तरसंवादमा जोड्नुपर्छ भन्ने मुख्य ध्येयका साथ बाग्मती प्रदेश युवा परिषदले युुवा सम्मेलनको आयोजना गर्ने अबधारणा अघि सारेको हो । युवाहरुलाई सीप सिकाई दक्ष जनशक्तीका रुपमा स्थापित गर्दा उनीहरुलाई स्वदेश वा विदेशमा अवसरको खोजीमा सहज हुने कुरा पहिला बागमती प्रदेश सरकारलाई बुुझाउन सकिन्छ की भन्ने लागेर हामीले सरकार र युवालाई एउटै थलोमा अन्तर संवाद गराउने अबधारणा अघि बढाएका हौँ ।
२) प्रदेश युवा सम्मेलन तेस्रो श्रृङ्खलासम्म आइपुग्दा युवा र प्रदेश सरकारमा यसको प्रभाव कस्तो परेको छ ?
राजनीति प्रति वितृष्णा राख्ने युवाहरु पनि सरकारले बनाउने निती नियमले आफ्ना अवसरहरु सृजना हुन सक्दछ भन्ने कुरामा कन्भीन्स भएका छन् । सरकार युवाका क्षेत्रमा के कस्ता योजना बनाउने अलमलमा देखिन्थ्यो । युवाहरु पनि सरकारलाई आफ्ना कुरा कसरी राख्ने भन्ने अलमलमै थिए । हामीले यी दुुबै स्टेकहोल्डरलाई जोड्ने सेतुको काम गरेका हौँ । युवा सम्मेलनले बागमती प्रदेश सरकारलाई युवा नीति र बजेटमै युवा सीप बर्ष घोषणा गराउने वातावरण सृजना गरेको छ । सरकारप्रति युवाको सकारात्मक धारणा बन्दै गएको छ । तेस्रो श्रृङ्खलासम्म आइपुग्दा प्रदेश युवा सम्मेलनले बागमती प्रदेशका १०,५०० भन्दा बढी युवाहरूलाई दक्ष जनशक्तीका रुपमा स्थापित गरेको तथ्यांक हामीसंग छ । विशेष गरी ग्रामीण क्षेत्रका युवाले पहिलोपटक सरकारी निकायसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर पाएका छन्, जसले उनीहरूमा सशक्तिकरणको अनुभूति गराएको छ ।
३) बागमती प्रदेश सरकार र स्थानीय सरकारसँग युवालाई यो कार्यक्रमले कसरी जोडेको छ ?
प्रदेश युवा सम्मेलन नीति संवाद प्लेटफर्मको रूपमा स्थापित भएको छ । यो सम्मेलनले युवा र सरकारबीचको दूरी घटाई एकअर्कालाई सामिप्यमा ल्याउने काम गरेको छ । सम्मेलनका प्रत्येक सत्रमा मुख्यमन्त्री, सामाजिक विकास मन्त्री, युवा तथा खेलकूद मन्त्री, स्थानीय सरकार प्रमुखहरू र अन्य उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहनेछ । युवाले नीतिगत विषयमा सुुझाब दिने अवसर पाएका छन् । प्रदेश र स्थानीय तहले बनाउने नितीमा युवाहरुको सुुझाबका आधारमा युवा परिषद्का सिफारिसमा जिल्ला युवा नीति तथा कार्यक्रमहरू परिमार्जन भएका छन् ।
४) बागमती प्रदेश सरकारले युवा सम्मेलनलाई कत्तिको प्राथमिकतामा राखेको छ ?
बागमती प्रदेश सरकारले युवा सम्मेलनलाई वार्षिक नीति तथा कार्यक्रमभित्र समावेश गरेर, बजेट विनियोजनमार्फत यसको निरन्तरतामा प्राथमिकता दिएको छ । आर्थिक वर्ष २०८१÷८२ मा सम्मेलनको आयोजनाका लागि बजेट छुट्याइएको छ । साथै, युवा खेलकूद मन्त्रालय अन्तर्गतको युवा कार्यक्रमको मूल हिस्साको रूपमा यो सम्मेलनलाई औपचारिक रूपमा स्थान दिइएको छ । हाम्रो पहलकदमीमा प्रदेश सरकारले “युवा सीप बर्ष २०८१” घोषण गरेर युवालाई सिप बिकास कार्यक्रम संचालन गरिरहेको छ । यही सम्मेलनको घोषणापत्रलाई आधार मानेर युवा लक्षित कार्यक्रम अघि बढाएको छ ।
५) बागमती प्रदेश युवा सम्मेलन आयोजना गर्न सरकारलाई कसरी सहमत गराउनुुभयो ?
प्रदेश युवा परिषदले युवा सम्मेलनको आवश्यकता पुष्टि गर्न २०७८ सालमा युवा आवश्यकता मूल्याङ्कन सर्वेक्षण सञ्चालन ग¥यो, जसमा ७२% युवाले नीति संवादका प्लेटफर्मको अभाव भएको उल्लेख गरेका थिए । यो डेटा र नागरिक समाजसँगको छलफलका आधारमा सम्मेलन प्रस्ताव तयार पारियो र सामाजिक विकास मन्त्रालय मार्फत मन्त्रिपरिषदमा प्रस्तुति गरियो । युवाको सशक्तिकरणमा प्रत्यक्ष प्रभाव पर्ने नीति कार्यक्रम भएकाले सरकार सहमत भयो ।
६) सीप सिक्न र उद्यमशील बन्न चाहने युवालाई यो सम्मेलनले के के कुरा दिन सक्छ ?
सम्मेलनमा व्यावसायिक सीप, अनलाइन उद्यमशीलता, सहकारी व्यवस्थापन, कृषि उद्यम लगायतका विषयमा प्रशिक्षण र कार्यशाला सत्र राखिएको हुन्छ । सहभागी युवा यसबाट आफ्ना व्यवसायिक सोचलाई परिष्कृत गर्न सक्ने र सरकारी उद्यम सहयोग कार्यक्रम (जस्तै युवा स्वरोजगार कार्यक्रम) मा पहुँच बनाउने उपायहरूबारे जानकारी पाउँछन् । तेस्रो श्रृङ्खलामा मात्र ४०% सहभागीले कार्यक्रममा भाग लिएपछि उद्यम सुरु गर्ने प्रेरणा पाएको तथ्य परिषद्को मूल्याङ्कन प्रतिवेदनले देखाएको छ । युवालाई सरकारसँग जोड्ने, उनीहरूको आवाज नीति निर्माणमा पु¥याउने र अवसर सिर्जना गर्ने सन्दर्भमा प्रदेश युवा सम्मेलन अब बागमती प्रदेशकै दिगो युवा कार्यक्रम बन्न थालेको छ ।
७) बाग्मती प्रदेश युवापरिषद मार्फत सीप सिकेका युवाहरु उद्यमशीलतामा जोडिएका छन् ?
बाग्मती प्रदेश युवा परिषदले युवाहरुलाई पहिलो चरणमा आधारभुत तालम प्रदान गर्ने, दोस्रो चरणमा बिशिष्टकृत तालिम दिने, र सीप सिकेका युवाहरुको सीप परिक्षण गरी उनीहरुलाई सिटीभिटीको प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरुलाई उद्यमशील बनाउन आबश्यक सामाग्री दिएर उत्प्रेरणा दिने काम भईरहेको छ । सीप सिकेका धेरै युवाहरु आफैले ब्यवसाय सञ्चालन गरिरहेका छन् । धेरै युवा साथीहरु प्रशिक्षकका रुपमा स्थापित बनेका छन् । युवाहरुमा सीप सिक्नुपर्दछ भन्ने भावना जागृत भएको छ ।
८) बाग्मती प्रदेश युवा परिषदका आगामी योजना कस्ता छन ?
प्रदेशका प्रत्येक युवा सीपयुक्त हुनुपर्दछ । युवाको सशक्तीकरण सीप र क्षमता विकासबाट मात्रै हुनेछ । युवाहरुले चाहेमा मात्रै देश विकास सम्भव हुने भएकाले उनीहरु उद्यमशीलतामा जोड्नुु पर्दछ । सीप सिकेका युवा विदेशमै गएपनि उनीहरुले सहज र सुरक्षित रोजगारी प्राप्त गर्दछन् । उनीहरुको आम्दानी पनि बढी हुन्छ । अहीले प्राप्त भईरहेको रेमिटेन्समा पनि बृद्धी हुन्छ । सीप सिकेका युवा उद्यमी बन्दा अन्य युवाहरुले रोजगारीको अवसर प्राप्त गर्दछन् । बाग्मती प्रदेशलाई समृद्ध प्रदेश बनाउन युवाको सहभागीता बढाउनुु पर्छ । बाग्मती प्रदेश युुवा परिषद कृषि, पर्यटन, सेवामुखी ब्यवसाय र प्राबिधीक विषयहरुमा युवाहरुलाई जोड्दै प्रदेशको विकासमा युवालाई सहयात्री बनाउने योजनाका साथ अघि बढीरहेको छ ।













