मनहरीमा कुखुरा बोकेको बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु
१६ असार, हेटौँडा । मकवानपुरको मनहरीमा कुखुरा बोकेको बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी–९ ज्यामिरेमा भएको उक्त सवारी दुर्घटनामा मृत्यु भएका अन्दाजी २५÷३० वर्षीय चालक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिनुभयो । मृतक चालकको पहिचान नखुलेको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा घाइते भएका एक जनाको उपचारको लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । बिरगंजबाट चितवन तर्फ जाँदै गरेको प्रदेश ३–०१–००२४ च १४३० नम्बरको कुखुरा बोकेको बलेरो गाडी सडकबाट खोल्सामा खोसेको थियो ।













