मकवानपुरमा बिहिबार थप ६८ जनामा कोरोना संक्रमण पुष्टि
२३ वैशाख, हेटौंडा । मकवानपुरमा बिहिबार दिउँसो ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको ८८ जनाको स्वास परीक्षणमा ६३ जना त्यसैगरी ९ जनामा एन्टीजेन बिधिबाट गरेको परीक्षणमा ५ जना गरी ६८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताएका छन।संक्रमित मध्य हेटौँडा –४ मा सबैभन्दा धेरै २२ जना मानिस रहेको बताएका छन। संक्रमित मध्य ३२ महिला र ३६ पुरुष रहेको चौलागाई बताएका छन।













