सचेत भएर काम गरौंः मन्त्री गुरुङ

स्वर्णिम खबर
२८ पुष २०७७, मंगलवार १८:१६

२८ पुस, काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्रि पार्वत गुरुङले अहिलेको समाचारले सामाजिक द्वन्द्व बढाउन थालेको भन्दै सचेत भएर कार्यसम्पादन गर्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ ।

मन्त्रालयमा मंगलबार पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाका प्रतिनिधि सँगको भेटमा मन्त्रि गुरुङले अहिले भैरहेको पत्रकारिताले समाजमा द्वन्द्व बढाउन थालेको भन्दै चिन्ता ब्यक्त गर्नु भयो । मन्त्रि गुरुङले समाचारको माध्यमबाट माध्यमबाट समाज रुपान्तरण र द्वन्द्व ब्यबस्थापन गर्न सकिने भए पनि अहिले ठिक उल्टो पत्रकारिता भैरहेको बताउनु भयो । अहिले पत्रकार देख्ने बित्तिकै डराउनुपर्ने अवस्था रहेको टिप्पणी गर्नुभयो । सरकारले राम्रो काम गरेपनि बिरोध नै गर्नु पर्ने भन्दै पत्रकारिता पेशाको सम्मानको लागि सच्चिनु पर्ने आवशाकता रहेको बताउनु भयो । राम्रो कामको प्रतिपक्ष दलले पनि प्रसंशा गर्ने गरेको भए पनि संचार जगत किन पूर्वाग्रही भएको भन्दै आश्चर्य ब्यक्त गर्नु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*