कांग्रेसलाई रास्वपा भन्दा पनि अग्लो बनाउँछौँः सभापति थापा

स्वर्णिम खबर
७ असार २०८३, आईतवार १८:०१

७ असार, हेटौँडा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको दुश्मन नभई प्रमुख प्रतिष्पर्धी दल भएको बताउनुभएको छ ।
चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले काँग्रेस र रास्वपाबीच प्रतिष्पर्धा भएपनि शत्रुताको सम्बन्ध नरहेको बताउनुभयो । उहाँले आफूलाई रास्वपाको जनमत देखेर लोभ लागेको भन्दै काँग्रेसलाई रास्वपाबाट अग्लो बनाउने दाबी पनि गर्नुभयो । सभापति थापाले आफूहरूले अरूलाई कमजोर बनाएर नभई इमानदार काम गरेर राजनीतिक रूपमा उचाई हासिल गर्न चाहेको दाबी गर्नुभयो । उहाँले संसदमा प्रतिष्पर्धी भएको नाताले सरकारसँग आवश्यकता अनुसार सहकार्य र आलोचना दुवै गर्ने बताउनु भयो ।
सभापति थापाले राजनीतिक दलका नेताहरूलाई भगवान र ‘बा’ बनाएर पछ्याउने राजनीतिक संस्कारले गलत परिणाम गलत परिणाम भोग्नुपरेको स्वीकार्नुभयो । उहाँले दलभित्रका नेताहरुमाथि प्रश्न गर्ने संस्कार विकास गर्न ढिलाई गरेकै कारण मुलुकको राजनीति जटिल बनेको बताउनुभयो । सभापति थापाले काँग्रेसले आफ्ना कमजोरी पहिचान गर्न ढिलाइ गरेको स्वीकार गर्दै त्यसको राजनीतिक मूल्य अहिले पनि चुकाईरहेको बताउनु भयो । उहाँले अन्य राजनीतिक दलका विगतका कमजोरीबाट सिकेर अघि बढ्न रास्वपाका सदस्यहरूलाई आग्रह गर्नुभयो ।
सभापति थापाले पार्टीको नीति र नेतृत्व चयनको संघारमा रहेको रास्वपालाई शुभकामना व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*