संयुक्त राष्ट्र प्रमुखद्वारा मध्यपूर्वमा क्षेत्रीय तनाव कम गर्न आग्रह

स्वर्णिम खबर
१८ श्रावण २०८१, शुक्रबार ११:२२

१८ श्रावण, एजेन्सी । संयुक्त राष्ट्र प्रमुख एन्टोनियो गुटेरेसले मध्यपूर्वमा क्षेत्रीय तनाव कम गर्न आग्रह गर्नुभएको छ ।
दक्षिण बेरुत र तेहरानमा पछिल्ला आक्रमणहरु दुःखदायी रहेको बताउनु भयो । उहाँले गाजामा युद्धविराम, सबै इजरायली बन्धकहरूको रिहाई गर्न आग्रह पनि गर्नुभयो । उहाँले गाजामा प्यालेस्टाइनीहरूको लागि सहायता र लेबनानमा शान्ति स्थायित्वका लागि पनि प्रयास गर्नुपर्ने बताउनु भयो । उहाँले युद्धका कुनैपनि कार्यलाई रोक्न सबैले प्रयास गर्नुपर्ने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*