जे.डी. भान्सद्वारा रिपब्लिकनबाट उपराष्ट्रपतिको उम्मेदवार बन्ने प्रश्ताव स्वीकार

स्वर्णिम खबर
४ श्रावण २०८१, शुक्रबार १२:०४

४ श्रावण, एजेन्सी । जे.डी. भ्यान्सले रिपब्लिकन पार्टीबाट अमेरिकाको उपराष्ट्रपति बन्ने प्रश्तवलाई स्वीकार गर्नुभएको छ ।
विस्कन्सिनको मिलवाउकीमा चलिरहेको रिपब्लिकन राष्ट्रिय सम्मेलनमा उपराष्ट्रपतिको उम्मेवार बन्ने प्रश्तावलाई स्वीकार गर्नुभएको हो । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नुभएको प्रश्तावलाई उहाँले स्वीकार गर्नुभएको हो । डोनाल्ड ट्रम्पको उप–राष्ट्रपति चयनको रूपमा राष्ट्रसामु आफूलाई चिनाउँदै भ्यान्सले रिपब्लिकन पार्टीले संघर्षरत अमेरिकीहरू, विशेष गरी बेवास्ता गरिएको श्रमिक वर्गले सामना गरेका कठिनाइहरूप्रति सबैभन्दा बढी आत्मीयता देखाएको बताउनु भयो ।
३९ वर्षीय भ्यान्सको बाल्यकाल उथलपुथल थियो । उहाँ कुनै समय ट्रम्पको कडा आलोचक हुनुहुन्थ्यो तर २०२१ मा ट्रम्पलाई भेटेपछि आफ्नो विचार परिवर्तन गर्नुभयो । घनिष्ठ सहयोगी र कट्टर रक्षक बन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*