सन् २०२५ मा ७.५ प्रतिशत पर्यटन राजश्व वृद्धि गर्ने थाइल्याण्डको लक्ष्य

स्वर्णिम खबर
३ श्रावण २०८१, बिहीबार ११:२७

३ श्रावण, एजेन्सी । थाइल्याण्डले २०२५ मा ७.५ प्रतिशत पर्यटन राजश्व वृद्धि गर्ने लक्ष्य लिएको छ ।
३.४ ट्रिलियन भाट (लगभग ९४.१६ बिलियन अमेरिकी डलर) को राजश्व उत्पन्न गर्ने लक्ष्य राखेको हो । उच्च मूल्यको पर्यटनमा रूपान्तरणसँगै राज्यले गुणस्तरीय पर्यटकलाई राम्रोसँग समायोजन गर्न आफ्नो पर्यटन आपूर्ति शृङ्खलालाई स्तरोन्नति गर्दै आयको निष्पक्ष र समन्यायिक वितरण सुनिश्चित गर्न दिगो मापदण्ड र आकर्षक गन्तव्यहरूको प्रवद्र्धनमा ध्यान केन्द्रित गर्ने पर्यटन तथा खेलकुदमन्त्री सेर्मसाक पोङपानीतले पत्रकार सम्मेलनमा बताउनु भयो ।
सोमवारदेखि लागू हुनेगरी थाइल्यान्डले ९३ देश र क्षेत्रका नागरिकहरूलाई समावेश गर्न आफ्नो भिसा–मुक्त प्रवेश योजना बिस्तार गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*