अफगानिस्तानमा विपद्जन्य घटनाबाट तीन दिनमा ४० जनाको मृत्यु

स्वर्णिम खबर
२ श्रावण २०८१, बुधबार ११:४४

२ श्रावण, एजेन्सी । पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
साथै घाइतेको संख्या ३४७ पुगेको देशको जनस्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । घाइतेको उपचारका लागि प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी पठाइएको मन्त्रालयका प्रवक्ता शराफत जमान अमरखिलले जानकारी दिनुभयो । दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने बताउनु भयो । सोमवार दिउँसो अचानक आएको प्राकृतिक प्रकोपले प्रान्तीय राजधानी जलालाबाद, सुख रोड जिल्ला र पाकिस्तानसँग सीमा जोडिएको प्रान्तको छिमेकी क्षेत्रमा ठूलो मानवीय तथा आर्थिक क्षति पु¥याएको छ ।
त्यस्तै सोमवार बिहान पूर्वी अफगानिस्तानको कुनार प्रान्तको अधिकांश भागमा आएको बाढीका कारण पाँच जनाको मृत्यु भएको छ । भारी वर्षा र बाढीले युद्धग्रस्त देशमा मे महिनादेखि ४ सय भन्दा बढीको ज्यान लिइसकेको छ । हजारौंलाई घरबारविहीन बनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*