केन्याका राष्ट्रपतिद्वारा क्याबिनेटका सबै सचिवहरू बर्खास्त

स्वर्णिम खबर
३० असार २०८१, शनिबार १७:४८

२९ असार, एजेन्सी । केन्याका राष्ट्रपति विलियम रुटोले उपराष्ट्रपति, प्रधानमन्त्री र क्याबिनेट सचिव बाहेक सबै क्याबिनेट सचिवहरूलाई बर्खास्त गर्नुभएको छ ।
रुटोले प्रधानमन्त्री क्याबिनेट सचिव र विदेश र डायस्पोरा मामिलाका लागि क्याबिनेट सचिव बाहेक केन्याको मन्त्रिपरिषद्का सबै क्याबिनेट सचिवहरू र महान्यायाधिवक्तालाई तत्काल कामबाट बर्खास्त गरेको बताउनु भयो । राष्ट्रका नाममा सम्बोधन गर्दै रुटोले नयाँ मन्त्रिपरिषद्को नाम सबै क्षेत्रसँग व्यापक छलफलपछि हुने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*