सवारी दुर्घटनापछि गरिने उद्धार सम्बन्धी नमूना अभ्यास

स्वर्णिम खबर
२७ आश्विन २०८०, शनिबार १४:१२

२७ असोज, हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका – १ त्रिखण्डीमा सवारी दुर्घटनापछि गरिने उद्धार सम्बन्धी नमूना अभ्यास (सेमुलेशन) गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा जिल्ला स्थित सुरक्षा निकाय तथा विपद् उद्धार तथा पुनःस्थापनासँग सम्बन्धीत सरोकारवाला निकायहरुको सहभागितामा नमूना अभ्यास गरिएको हो । दुर्घटना सम्बन्धी खोज तथा उद्धारमा सुरक्षा निकायहरुको परिचालन र भूमिका सम्बन्धी प्रतिकार्य अभ्यास गरिएको थियो । नदी, खोला लगायतका स्थानमा सवारी दुर्घटना हुँदा यात्रुलाई उद्धार गरी प्राथमिक उपचार कसरी गर्ने, घाइतेलाई जति सक्दो चाँडो अस्पताल पठाउने सम्मका विषयमा उद्धार टोलीलाई अभ्यस्त बनाउन डेमो अभ्यास गरिएको हो ।


सडकबाट ३ सय मिटर तल खोलामा सवारी दुर्घटना भएको नाटकिय दृश्य देखाई नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, जिल्ला रेडक्रस, हेटौंडा उपमहानगरका नगर प्रहरी सहितको टोलिले सडक दुर्घटना उद्धारको नमूना अभ्यास गरेका थिए ।


भौगोलिक रुपमा कठिन हुने स्थानमा उद्धार कार्य गर्दा अपनाउनुपर्ने उपायहरु समेत देखाइएको थियो । मकवानपुर जिल्लामा सवारी दुर्घटना धेरै हुने हुँदा कसरी सहज तरिकाले घाइतेलाई उद्धार गरि अस्पताल लैजाने वातावरण बनाउन सकिन्छ भनेर व्यवहारिक अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाईँले बताउनुभयो ।


चालु आर्थिक वर्ष २०८०–८१ को ३ महिनाको अवधिमा मकवानपुरमा भएको २७ वटा सडक दुर्घटनामा ७ जनाले ज्यान गुमाएका छन् भने ४९ जना घाइते भएका छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*