पशुपतिनाथ माविका १ सय १५ जना विद्यार्थीलाई साइकल वितरण

स्वर्णिम खबर
२५ आश्विन २०८०, बिहीबार १७:०४

२५ असोज, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ स्थित पशुपतिनाथ माध्यामिक विद्यालयका १ सय १५ जना विद्यार्थीलाई साइकल वितरण गरिएको छ ।
४ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा कक्षा ६ देखि १० सम्म अध्ययनरत १ सय १५ छात्र–छात्रालाई साइकल वितरण गरिएको हो । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा घरदेखि स्कुल सम्मको भौगोलिक दूरी टाढा रहेका विद्यार्थीलाई साईकल वितरण गरिएको हो । साईकल हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले शैक्षिक सुधारमा वडाले गरेको कार्यको प्रशंसा गर्नुभयो । निर्माणका कार्यलाई मात्रै विकास सोच्ने मानसिकता अब बदल्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । मन्त्री मोक्ताले स्थानीय सरकारले विकास निर्माणसँगै शैक्षिक गुणस्तर सुधारमा लाग्न आवश्यक रहेको बताउनुभयो ।


यसैगरी विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले साईकल प्राप्त भएपछि भौगोलिक हिसाबले टाढा रहेका विद्यार्थीलाई समयमै स्कुल आउन र घर जान सहज हुने विश्वास व्यक्त गर्नुभयो । नियमित साईकल चलाउदा विद्यार्थीमा स्फूर्ती समेत आउने प्रधानाध्यापक आचार्यको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*