समाजवादी जागरण अभियानको टोली शुक्रबार हेटौंडा आइपुग्ने

स्वर्णिम खबर
१८ आश्विन २०८०, बिहीबार १९:०५

१८ असोज, हेटौँडा । नेकपा (एकीकृत समाजवादी) ले सुरु गरेको समाजवादी जागरण अभियानको टोली शुक्रबार हेटौंडा आइपुग्ने भएको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादी, मकवानपुरले अभियान टोली शुक्रबार हेटौंडा आइपुग्ने जानकारी गराएको हो । भोली हेटौंडाको सिमाचोकमा कोण सभाको आयोजना गरिएको छ । भोली बिहान १०.३० बजे हुने कोणसभालाई एकीकृत समाजवादीका शिर्ष नेताहरुले सम्बोधन गर्ने जिल्ला अध्यक्ष बिष्णु प्रसाद दाहालले जानकारी दिनुभयो । मेचि–काली जागरण अभियानको सबै तयारी पूरा भएको अध्यक्ष दाहालले बताउनुभयो । भोलीको कोणसभालाई केन्द्रिय अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायतका नेताले सम्बोधन गर्नेछन् । पत्रकार सम्मेलनमा बोल्दै एकिकृत समाजवादीका उपमहासचिव गंगाधर तुलाधरले दलको बिकल्प दल नै भएकाले दलहरु मिल्नु र सच्चिनु आवश्यक भएको बताउनुभयो । पार्टीले सरकारमा रहेर पनि संघर्ष गरिरहेको बताउँदै सरकारमा गएका मन्त्रीले सोचे अनुरुप कार्य गर्न नसकेको स्वीकार गर्नुभयो । समाजवादलाई गन्तव्य बनाउन मुलुमा उद्यमशिलता विकास हुनुपनमा उहाँले जोड दिनुभयो । यो अभियान मार्फत् जन आवाज सुन्ने र सुनाउने कार्य हुने उहाँको भनाई छ । जागरण अभियान टोली भोली नै चितवन जाने कार्यक्रम रहेको छ । यहीँ असोज १४ गतेदेखि एकिकृत समाजवादीले मेचि–महाकाली जागरण अभियान सञ्चालन गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*