मकवानपुरमा बुधबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा १ जनाको मृत्यु, १० घाइते

स्वर्णिम खबर
१७ आश्विन २०८०, बुधबार १५:१९

१७ असोज, हेटौँडा । मकवानपुरमा बुधबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
हेटौंडाबाट फापरबारी जाँदै गरेको ना १ घ ५४४ नम्बरको दुध बोक्ने ट्यांकर बकैया गाउँपालिका–५ तिनतलेमा अनियन्त्रित भई खोल्सामा खस्दा हेटौंडा उपमहानगरपालिका–९का ३३ वर्षका चालक सिद्धान्त लामाको मृत्यु भएको छ । दुर्घटनामा ट्यांकरमा सवार धादिङ गजुरी गाउँपालिकाका प्रेम अधिकारी घाइते भएका छन् ।

त्यस्तै, बुधबार दिउँसो पुर्व पश्चिम सडक खण्ड, हेटौंडा १९ सान्नानटारमा यात्रु चढाइरहेको अवस्थामा ना १ ज ३१६७ नम्बरको म्याजिकलाई ना ५ ख ९६८४ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिदा ९ जना घाइते भएका छन् । गम्भिर घाइते नेवारपानीकी ५६ वर्षिया ठूलीमाया बम्जन र २ वर्षकी बालिका कुश्मी मोक्तानलाई थप उपचारका लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । अन्य घाइतेको हेटौंडा अस्पतालमा उपचार भैरहेको छ । ट्रक इलाका प्रहरी कार्यालय नेवारपानीको नियन्त्रणमा रहेको भए पनि चालक फरार रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*