१० हजार लिटरको ६५० तिर्ने बड्कुलेवासीलाई निःशुल्क खानेपानी

स्वर्णिम खबर
११ आश्विन २०८०, बिहीबार १५:५५

११ असोज, हेटौँडा । हेटौंडा–१८ बड्कुलेका बासिन्दाले निःशुल्क खानेपानी पाउँने भएका छन् ।
२०५८ सालबाट सञ्चालन भएको मौडीखोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत खानेपानीको प्रयोग गर्दै आएका बड्कुलेका १ सय ४ घाराका बासिन्दाले १० हजार लिटर पानीको प्रयोग बापत ६५० रुपियाँ तिर्दै आएका थिए । कर्मचारी, बिद्युत र मर्मत शुल्क गरेर खानेपानीको लागत मंहगो पर्दै आएको थियो समितिका अध्यक्ष राजेन्द्र घलानले बताउनुभयो । उहाँका अनुसार समितिले ४ हजार लिटर पानि उपभोग गरे वापत २५० रुपियाँ न्यूनतम शुल्क लिदै आएका थियो ।

मंहगो शुल्कमा पानीको उपभोग गर्दै आएका स्थानियलाई नियमित पानी दिन समितिलाई आर्थिक भारका कारण समस्या पर्दै गएपछि १८ नम्बर वडा कार्यालय मार्फत खानेपानीको महशुल भुक्तान गरीएको थियो । महशुल भुक्तान गरेसँगै बिहीवार खानेपानी योजना हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ । बोर्डलाई हस्तान्तरण गरेसँगै बड्कुले बासिले १० हजार लिटर सम्म पानी निःशुल्क पाएका छन् । कार्यक्रममा उपमहानगरका प्रमुख मीनाकुमारी लामाले नगरवासीलाई पानीको सुबिधाबाट बञ्चित नगराउने उद्देश्य अनुरुप काम भइरहेको बताउनुभयो । नगरवासीले धारामा आएको पानी सोझै प्रयोग गर्ने वातावरण बनाउने तयारीमा उपमहानगर रहेको उहाँले बताउनुभयो ।कार्यक्रममा हेटौंडा १८ का वडा अध्यक्ष अनिल बानियाँ, खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट, हेटौंडा उपमहानगरपालिकाका बिज्ञ सल्लाहकार डाक्टर कृष्ण धिताल, बोर्डका कार्यकारी निर्देशक बिष्णु प्रसाद सापकोटा लगाएतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*