राप्तीले बगाउँदा हेटौंडामा १० वर्षीय बालकको मृत्यु
९ असोज, हेटौँडा । हेटौंडामा राप्ती खोलाले बगाउँदा एक जना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ भैरवरोड बस्ने १० वर्षीय संसाद अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । हेटौंडा १ स्थित तरकारी मण्डी नजिकै राप्ती खोलामा नुहाउन गएका उनलाई एक्कासी खोलाले बगाएको थियो । खोलाले बगाएका उनलाई राप्तीपुल नजिकैबाट बेहोस् अवस्थामा स्थानीयहरुले उद्दार गरी हेटौंडा अस्पतालमा उपचारको लागि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनुभयो ।













