बिश्वकर्मा पुजा मनाईयो

स्वर्णिम खबर
१ आश्विन २०८०, सोमबार १२:०८

१ असोज, हेटौँडा । आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पूजा मनाइँदैछ ।
विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । यसैबीच मकवानपुर सामुदायिक भिजन प्रा.लि. र टिम टेलिभिजनले पनि विश्वकर्मा पुजा मनाएको छ । सञ्चार सामग्रीहरु क्यामरा, कम्प्युटर मा पुजा गरी विश्वकर्मा पुजा मनाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*