विभिन्न समयमा बरामद गरेको लागुऔषध नष्ट

स्वर्णिम खबर
२६ भाद्र २०८०, मंगलवार १७:३९

२६ भाद्र, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न समयमा बरामद गरेको लागुऔषध नष्ट गरेको छ ।
जिल्लाको विभिन्न स्थानबाट बरामद गरिएको ७ सय ११ केजि अवैध गाँजा हेटौंडा –१० स्थित राप्ती खोला बगरमा जलाएर नष्ट गरेको हो । त्यस्तै, ५ सय १४ बोटल वन्रेक्स, ९ सय १६ एम्पुल डायजेपाम, ८ सय २५ एम्पुल फेनरागन, ६ सय ९३ एम्पुल नुर्फिन र ३२ लिटर घरेलु मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । बरामद लागुऔषध जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, अदालत, नागरिक समाज र सञ्चारकर्मीको रोहवरमा नष्ट गरिएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*