नेपालका नदीबाट गिट्टी, बालुवा र ढुङ्गा उत्खनन् कार्य खोल्न आवश्यक छः सभापति सिंह

स्वर्णिम खबर
२५ भाद्र २०८०, सोमबार १९:१३

२५ भाद्र, काठमाडौँ । पूर्वाधार विकास समिति सभापति दीपक सिंहले नेपालका नदी, खोलाबाट गिट्टी बालुवा र ढुङ्गा उत्खनन् कार्य खोल्न आवश्यक रहेको बताउनुभएको छ ।
सोमवार न्युज एजेन्सी नेपालले आयोजना गरेको नदी र खानीजन्य पदार्थको उत्खनन्मा देखिएका कानूनी समस्या समाधान विषय राउण्डटेबल कार्यक्रममा बोल्दै समिति सभापति सिंहले क्रसर उद्योग सञ्चालनको लागि आवश्यक गिट्टी, बालुवा र ढुङ्गा उत्खनन् रोक्न नहुने बताउनु भयो । सभापति सिंहले सरकारले कानूनी जटिलता सहज बनाएर गिट्टी, बालुवा र ढुङ्गा उत्खनन् गर्नसके रोजगारी सहित राज्यको आम्दानीमा पनि बृद्धि हुने जिकिर गर्नुभयो । उहाँले सरकारले नदी र खोलाको गिट्टी, बालुवा र ढुङ्गा उत्खनन् गर्न दिएर अर्बौं रुपैयाँ आर्जन गर्दा ५० लाख रुपैयाँ खोला संरक्षणको लागि खर्च गर्नुपर्ने बताउनुभयो । सभापति सिंहले क्रसरको ठेक्का लिन मेयर उपमेयरहरु नै अग्रसर रहेको भन्दै यस्तो कार्य रोक्न आवश्यक रहेको बताउनु भयो । उहाँले विगतमा समितिहरुमा के काम ग¥यो भन्नेकुरा भन्दा पनि आफ्नो कार्यकालमा कुनैपनि बेइमानि नगर्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले नेपाल सरकारका सचिवहरु, मुख्य सचिवहरु, योजना आयोगका उपाध्यक्षहरु रिटायर्ड भएको विदेशी कम्पनीहरुमा काम गर्न नपाउने व्यवस्था गर्ने बताउनु भयो । उहाँले सरकारका सचिव र मुख्यसचिवहरुले विदेशी कम्पनीहरुलाई खुशी बनाउनको लागि हुन नहुने योजनाहरु हालिदिने गरेको आरोप लगाउनु भयो ।
सभापति सिंहले अब सरकारका सचिव र मुख्यसचिवहरुलाई रिटार्यड भएको पाँच वर्षपछि विदेशी कम्पनीमा जागिर खान नपाउने व्यवस्था गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*