भाद्र २४ गते नेता डा.शेखर कोइराला हेटौँडा आउने
२२ भाद्र, हेटौँडा । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा मकवानपुरमा विविध कार्यक्रम गरिने भएको छ ।
विपी विचार समाज मकवानपुरले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै विपी जन्मजयन्तीको अवसर पारेर आयोजना हुन लागेको कार्यक्रमको बारेमा जानकारी गराएको हो । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाको प्रमुख आतिथ्यतामा ११० औं जन्म जयन्ती विविध कार्यक्रम गरि मनाउने तयारी गरिएको विपी विचार समाज, मकवानपुरका उपाध्यक्ष प्रदिप कोइरालाले बताउनुभयो । भदौ २४ गते विपि जयन्तीका दिन हेटौंडा ११ नवलपुरमा रहेको विपी बाटीका उद्घाटन गरिनुका साथै विपिको अर्धकदको शालीक अनावरणको कार्यक्रम रहेको कोइरालाले जानकारी दिनुभयो । सोही दिन आजको सन्दर्भमा विपि विचारको औचित्य एवं सान्दर्भिकता विषयमा विचार गोष्ठि समेत आयोजना गरिएको समाजले जनाएको छ । पत्रकार सम्मेलनमा नेपाली काँग्रेस मकवानपुर सभापती बुद्ध लामा, विपि विचार समाजका सल्लाहकार कृष्ण प्रसाद दाहाल, बिजेन्द्र अग्रवाल लगायतको उपस्थिती थियो ।













