तरुण दल मकवानपुरले माग्यो गृहमन्त्रीको राजीनामा
२१ भाद्र, हेटौँडा । नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको घटनालाई लिएर तरुण दल मकवानपुरले बिहिबार हेटौँडामा बृहत ¥याली निकालेको छ ।
पार्टी कार्यालयबाट निकालिएको ¥याली संगमचोक, उद्योग वाणिज्य संघ हुँदै बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा बोल्दै तरुण दलका केन्द्रिय सदस्य राजेश भेटवालले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्नुभयो । गठबन्धनको सरकार भएपनि गृहमन्त्री कांग्रेसका नेताहरुमाथि अराजक शैलीमा प्रस्तुत भएकोले राजीनामा नदिए सम्म तरुण दल चुप लागेर नबस्ने सदस्य भेटवालले चेतावनी समेत दिनुभयो । यसैगरी उहाँले घटनामा घाइते भएको सहमहामन्त्री यादवको शीघ्र स्वास्थ्य लाभको काम समेत गर्नुभयो । सदस्य भेटवालले घटनाको सत्यतथ्य छानबीन गरी कडा कारवाही गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेवि संघका केन्द्रिय सदस्य मिलन पुडासैनी, तरुण दलका जिल्ला सचिव सचित थापा, जिल्ला सदस्यहरु राजकुमार बास्तोला, निमेश लामा, तरुण नेता विकेशलाल श्रेष्ठ लगायत कांग्रेस निकट युवाहरुको उपस्थिति रहेको थियो ।













