हेटौंडाको ६ र १७ नम्बर वडालाई जोड्ने कर्रा पुल सञ्चालनमा

स्वर्णिम खबर
२१ भाद्र २०८०, बिहीबार १९:०७

२१ भाद्र, हेटौँडा । हाइटेन्सन लाईनका कारण आवातजावत गर्न समस्या परेको हेटौंडा ६ र १७ नम्बर वडालाई जोड्ने कर्रा पुल सञ्चालनमा ल्याइएको छ ।
निर्माण सम्पन्न भएको दुई वर्ष पछि पुल प्रयोगमा आएको हो । पुल नजिकै हाइटेन्सन लाइन अव्यवस्थित रुपमा रहँदा स्थानीय त्रासमा थिए । पुल निर्माण भएपनि स्थानीयले उपभोग गर्न पाएका थिएनन् । तार व्यवस्थापनका लागि पटक पटक विद्युत प्राधिकरण र सडक डिभिजन कार्यालयमा आग्रह गर्दा समेत माग सुनुवाइ नभएपछि स्थानीयले सडक नै अवरुद्ध गरेका थिए । केही समय अघि विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले निरिक्षण गरी तत्काल समस्या समाधान गर्न निर्देशन दिनुभएको थियो । तार व्यवस्थापन भई बिहीबारबाट पुल सञ्चालनमा ल्याएको वडाध्यक्ष विष्णु बहादुर दाहालले बताउनुभयो । २ स्पानमा निर्माण भएको पुल ११ मिटर चौडाई र ६० मिटर लम्बाई रहेको छ । पुलको निर्माण लागत ६ करोड १८ लाख रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*