संवेदनशिल विषयमा सञ्चारमाध्यमलाई सजगता अपनाउन आग्रह

स्वर्णिम खबर
१९ भाद्र २०८०, मंगलवार १८:५५

१९ भाद्र, हेटौँडा । आत्महत्या सम्बन्धी समाचार सम्प्रेषण गर्दा सञ्चारमाध्यम संवेदनशिल हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको अयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा भएको आत्महत्या रिपोटिङ सम्बन्धी कार्यशाला गोष्ठीमा आत्महत्या जस्तो संवेदनशिल विषयमा सञ्चारमाध्यमले सजगता अपनाएर सूचना दिनुपर्ने बताइएको छ । आत्महत्या सम्बन्धि जिम्मेवारपुर्ण रिपोर्टिङले आत्महत्याको जोखिम घटाउन मद्धत गर्ने राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्दकी निमित्त निर्देशक शिला श्रेष्ठले बताउनुभयो । आत्महत्या विधिको वर्णन गर्ने, भ्रमपुर्ण सूचना पटक पटक प्रसारण गर्ने गर्दा आत्महत्याको देखासिकि गर्ने सम्भावना ज्यादा हुने हुँदा जिम्मेवारपुर्ण रिपोर्टिङको लागि उहाँले आग्रह गर्नुभयो ।

निमित्त निर्देशक श्रेष्ठले आत्महत्या सम्बन्धी सूचना संप्रेषण गर्दा प्रसारित सामग्रीबाट पुग्न सक्ने नकारात्मक प्रभावबारे संवेदनशिल हुनुपर्ने आवश्कता औंल्याउनुभयो । बागमती प्रदेशकी वन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठ, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका बसन्त अधिकारी, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण मिजार, पत्रकार महासंघ बागमती अध्यक्ष शिव देवकोटा लगायतको आथित्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*