नवोदय शिशु सदनले नमूना राष्ट्रसंघीय सभाको आयोजना गर्ने

स्वर्णिम खबर
११ भाद्र २०८०, सोमबार १७:३१

११ भाद्र, हेटौंडा । हेटौंडा ४ स्थित नवोदय शिशु सदनले संयुक्त राष्ट्रसंघको नमूना कार्यक्रमको आयोजना गर्ने भएको छ ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले चाँैथो नवोदय नमूना संयुक्त राष्ट्रसंघ २०८० यही भर्दौ १४ गतेदेखि १६ गतेसम्म ३ दिन चल्ने जानकारी दिएको हो । यसबाट विद्यार्थीहरुले कुटनीति, अन्र्तराष्ट्रिय सम्बन्ध र विभिन्न देशहरुको संयुक्त राष्ट्र प्रतिनिधिहरुको बारेमा सिक्ने अवसर प्राप्त हुने आयोजकको विश्वास छ । विद्यार्थीहरुमा नेतृत्व विकास गर्न, सामूहिक छलफलमा आफ्नो विचार राख्न, गतिविधिमा आधारित शिक्षालाई प्राथमीकता दिन संयुक्त राष्ट्र संघीय नमूना कार्यक्रमको आयोजना गर्न लागिएको विद्यालयले जनाएको छ । नमूना कार्यक्रममा अन्र्तराष्ट्रिय सम्बन्ध, नीतिनियम, योजना तथा समस्या समाधानबारे बृहत् विश्लेषण गरिने नवोदय नमूना संयुक्त राष्ट्रका महासचिव रायन खनालले जानकारी दिनुभयो । कार्यक्रममा मकवानपुर बाल विद्या सदन, र कमाने एकेडेमीका साथै चितवन, नवलपसासी र बुटवलका विद्यार्थीको पनि सहभागिता रहने बताइएको छ । यसअघि विद्यालयले दुईपटक भर्चुल रुपमा र एक पटक भौतिक उपस्थितीमा नमूना राष्ट्र संघीय कार्यक्रम गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*