थाहा नगरमा फिल्म फेस्टिवल हुने

स्वर्णिम खबर
९ भाद्र २०८०, शनिबार १८:०१

९ भाद्र, हेटौँडा । थाहा कला केन्द्र मकवानपुरको आयोजनामा थाहा फिल्म फेस्टिवल—२०२३ हुने भएको छ ।
आगामी मंसिर ९ गते देखि १५ गतेसम्म गते सम्म मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा फिल्म फेस्टिवल हुने भएको हो । शनिबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम बारे जानकारी गराइएको हो । थाहा नगरपालिका र संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, बागमती प्रदेशको सहयोगमा फिल्म फेस्टिवल हुन लागेको हो । थाहा नगरपालिकालाई मिनि फल्म सिटीको रुपमा अगाडी बढाउन फिल्म फेस्विलले मद्दत पु¥याउने कार्यक्रम संयोजक प्रमोदकृष्ण जोशीले बताउनुभयो । यस्ता कार्यक्रमले थाहाको पर्यटन प्रबद्धनमा थप टेवा पु¥याउने आयोजकको विश्वास रहेको छ । फेस्टिवलमा डकुमेन्ट्री, फिचर फिल्म, सर्ट फिल्महरु सहभागी हुने बताइएको छ । ७ दिनसम्म चल्ने उक्त फेस्टिवलमा ५ दिन फेस्टिवलमा सहभागी फिल्म प्रदर्शनी गरिने छ । उक्त अवसरमा चलचित्र क्षेत्रका निर्माता, निर्देशक तथा निमार्ण समूहसँग विशेष अन्तक्रिया समेत गरिने आयोजकले जनाएको छ । फिल्म फेस्टिवल सम्पन्न गर्न करीब २७ लाख लाग्ने आयोजकको अनुमान रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*