हेटौंडा १६ चिसापानीमा हटिया हाट बजार सञ्चालन
८ भाद्र, हेटौँडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर १६ चिसापानिमा हटिया हाटबजार सञ्चालनमा आएको छ ।
स्थानीय स्तरमा उत्पादित तरकारीलाई व्यवस्थित बनाउन १६ नम्बर वडा कार्यालयको सहजीकरणमा हटिया हाटबजार सञ्चालनमा ल्याइएको हो । व्यवस्थित रुपमा हाटबजार सञ्चालनमा आउँदा स्थानिय खुशी भएका छन् ।
बाहिरबाट आउने विषादीयुक्त तरकारी भन्दा स्थानीय स्तरमै उत्पालन भएका तरकारीलाई बेच्ने व्यवस्था मिलाइएको छ । किसानले उत्पादन गरेका तरकारीको बजारीकरणमा हाट बजारले सहयोग पु¥याउने छ । किसानले जति उत्पादन भएपनि आफैँले लगेर हाटमा बिक्री गर्न सक्ने भएकाले किसानलाई व्यवसायिक रुपमा जोड्न हाट बजारले मद्दत गर्ने वडा कार्यालयको विश्वास छ ।

हेटौडा उपमहानगरको १६ नम्बर वडा इतिहास बोकेको स्थान हो । र उपमहानगरले यस तरकारी बजारलाई नमुना तरकारी बजारको रुपमा लिएको छ । हेटौडा उपमहानगर पालिकाले सिजनिल तरकारी स्टोरज गर्ने लागी चाडै नै शित भण्डार निर्माणमा पहल गर्ने उपमहानगर प्रमुख राजेश बाँनियाले बताउनुभयो ।

स्थानीय कृषि उपज हाटबजारमै बिक्री हुने हुँदा किसानलाई आर्थिक रुपमा सबल हुन सहयोग पुग्ने देखिन्छ ।














