तेस्रो मिस्टर मकवानपुर असोज १३ गते हुने, बिजेताले नगद १ लाख पाउने

स्वर्णिम खबर
८ भाद्र २०८०, शुक्रबार १७:१७

८ भाद्र, हेटौँडा । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा तेस्रो मिस्टर मकवानपुर असोज १३ गते हुने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजकले मकवानपुर जिल्ला भित्रका शारीरिक सुगठनमा रुची भएका करिब ५० जनांको प्रतियोगितामा सहभागिता रहने जानकारी दिएको छ । आयोजकका अध्यक्ष राजेश भेटवालले प्रतियोगिताको लागि १२ लाख रुपैयाँ खर्च अनुमान गरिएको बताउनुभयो । प्रतियोगिताको विजेताले नगद १ लाख, द्वितीय हुने ५० हजार , तृतीय हुने ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । पुरुषतर्फ ५५, ६०, ६५, ७० र ७५ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुने र महिलाहरुले एउटै समूहमा प्रतिस्पर्धा गर्ने अध्यक्ष भेटवालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । प्रतियोगितामा धेरै खेलाडी सहभागी गराउने क्लबलाई उत्कृष्टको रुपमा नगद २५ हजार रुपैयाँसहित सम्मानित गरिनेछ । यस्तै प्रतियोगिताको समापन समारोहमा खेल, पत्रकारिता तथा शिक्षा क्षेत्रमा योगदान पु¥याउनेलाई एक÷एक जनालाई सम्मानित गरिने आयोजकले जनाएको छ । यस अघिको प्रथम मिस्टर मकवानपुरको उपाधि सुनिल महर्जन र दोस्रो मिस्टर मकवानपुरको उपाधि अतित श्रेष्ठले जित्नुभएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*