चुरियामाईमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, चालक र सहचालक धनुषाबाट पक्राउ

स्वर्णिम खबर
७ भाद्र २०८०, बिहीबार ०८:२९

७ भाद्र, हेटौँडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुषमध्ये ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको छ ।
दुर्घटनामा १९ जना घाइते भएका छन् । उनीहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको डीएसपी क्षेत्रीले जानकारी दिनुभयो । बस दुर्घटनापछि फरार रहेका चालक र सहचालकलाई प्रहरीले धनुषाबाट नियन्त्रणमा लिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*